काठमाडौं- कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्।
नेपालमा हालसम्म ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। तर एक जना भने निको भइसकेका छन्।
हाल सेती प्रादेशिक अस्पतालमा ४ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना र बाग्लुङ अस्पतालमा २ जनाले कोरोना भाइरसको उपचार गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।