भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले अर्काे सूचना जारी नहुन्जेलसम्म परीक्षा स्थगीित गरिएको जानकारी गराएको हो।
यस अघि कक्षा ११ को वैशाख २१ र कक्षा १२ को बैसाख ८ गतेदेखि परीक्षा गर्ने निणर्य बोर्डले गरेको थियो।
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले तेस्रो चरणको लकडाउन थपेसँगै परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा अर्काे स्थगित गरेको हो।
कक्षा १० को अन्तमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) समेत रोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।