काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रजातन्त्र पुनर्स्थापना भएको दिन चैत २६ लाई दिनदुःखीको सहयोग गरेर मनाउन आव्हान गरेका छन्।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका जोशीले दैनिक गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गरेर प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउन आव्हान गरेका हुन्। २०४६ चैत २६ मा प्रजातन्त्र बहाली भएको दिनलाई प्रजातन्त्र पुनर्स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ।
प्रजातन्त्र पुनस्र्थापनाका लागि सर्वोच्च कमान्डरको अभिव्यक्तिलाई चिरायु बनाउन परोपकार र निस्वार्थ सेवा गर्न आव्हान गरेको नेता जोशीले बताए। कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम गरि सेवाकर्ममा लाग्न उनले अनुरोध गरे।
सरकार र विश्वस्वास्थ्य संगठनको आचारसंहिता पालना गर्दै परोपकारमा लाग्नु लौहपुरुष गणेशमान सिंह प्रतिको सच्चा सम्झना हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।