एजेन्सी–न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले लकडाउनको नियम तोडेपछि आफैंलाई मुर्ख भनेका छन्। उनी परिवारसहित समुन्द्रमा गाडी चलाएर गएका थिए।
स्वास्थ्यमन्त्री डेविड क्लार्कले आफू २० किलोमिटर ड्राइभ गर्दै समुन्द्र किनारमा पुगेका थिए। यो त्यहाँको सरकारले लगाएको लकडाउनको नियम उल्लंघन थियो। स्वास्थ्यमन्त्रीले नै सरकारको लकडाउन नियम उल्लंघन गरेपछि चौतर्फी आलोचना भएको थियो। उनले प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नसमक्ष राजीनामा दिने प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्रीले कोरोना भाइरसको महामारीको समयमा स्वास्थ्यमन्त्रीको राजीनामा आफूले स्वीकार गर्न नसक्ने बताएपछि फिर्ता लिएका थिए।
लकडाउनमा जनता र अरु मानिस घरभित्रै रहँदा मन्त्री तै निस्फिक्री हिँडेको भन्दै सामाजिक सञ्जाल र सार्वजनिक रुपमा आलोचना भएपछि उनी फेरि एक पटक नियम तोडेर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। यसरी नियम पटक–पटक तोडेकोमा उनले आफैंलाई मुर्ख भनेर सार्वजनिक आलोचना गरेका हुन् ।
चीनमा २४ घन्टामा कोरोनाबाट मर्ने शून्य
कोरोना भाइरसको सुरुवाती केन्द्र चीनमा मर्ने क्रम पछिल्लो २४ घन्टामा शून्य भएको छ। संक्रमणको क्रम भने रोकिएको छैन। पछिल्लो २४ घन्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार चीनमा हालसम्म ८१ हजार ७ सय ४० जना कोरोना संक्रमित रहेका छन् भने ३ हजार ३ सय मानिसले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।