एजेन्सी–फ्रान्समा कोरोना भाइरसका कारण सोमबार एकैदिन ८३३ जनाको मृत्यु भएको छ। फ्रान्समा महामारी सुरु भएयता एकैदिन यतिधेरै संख्यामा मृत्यु भएको हो। यो अघिल्ला दिनमा भन्दा १० प्रतिशतले वृद्धि हो। जसमा ६०५ जनाको अस्पतालमा र २२८ जनाको नर्सिङ होममा मृत्यु भएको हो।
योसँगै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ पुगेको छ भने संक्रमित ९८ हजार १० जना पुगेका छन्। स्वास्थ्यमन्त्री ओलिभर भेरानले मृतकको संख्या अझै बढ्ने चेतावनी दिएका छन्।
कोरोनाबाट बढी प्रभावित अर्को युरोपेली मुलुक इटालीमा केही दिन मृत्यु घटेपनि सोमबार बढेको छ। इटालीमा सोमबार ६३६ जनाको मृत्यु भएको छ भने संक्रमित १ हजार ९ सय ४१ जना थपिएका छन्।
स्पेनमा लगातार चौथो दिन मृृतक घटेका छन्। त्यहाँ सोमबार ६ सय ३७ जनाको मृृत्यु भएको छ भने कूल मृतकको संख्या १३ हजार ५५ पुगेको छ।
उता जर्मनीकी चान्सलर एन्जेला मर्केलले महामारीले युरोपेली संघलाई अहिलेसम्मकै ठूलो चुनौती ल्याइदिएको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।