काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहान ११ बजेका लागि समय तय भएको ट्विटरमार्फत जानकारी दिएका छन्।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज बिहान ११:०० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ’, थापाले लेखेका छन्, ‘नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत बालुवाटारबाट उहाँको सम्बोधन सार्वजनिक हुनेछ।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।