काठमाडौं- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६६ हजार ६ सय १४ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानको तथ्यांकअनुसार अन्य तीन देशमा पनि संक्रमितको संख्या लाखभन्दा माथि पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित भएको देश हो- स्पेन। त्यहाँ १ लाख ३६ हजार ६ सय ७५ जनालाई संक्रमण पुष्टि भएको छ। त्यस्तै, इटालीमा १ लाख ३२ हजार ५ सय ४७ र जर्मनीमा १ लाख ३ हजार ३ सय ७४ जनालाई संक्रमण पुष्टि भएको छ।
विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार ५ सय
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ५ सय ६५ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानको तथ्यांकअनुसार विश्वभर १३ लाख ४५ हजार ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, २ लाख ७६ हजार ५ सय १५ जना भने उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।