काठमाडौं- पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लकडाउनका बेला नानीबाबुको भविष्य सोच्न आग्रह गरेका छन्।
सोमबार साँझ एक ट्विट गर्दै डा भट्टराईले डिजिटल प्रविधिको प्रयोग गरी नानीबाबुको शिक्षा निरन्तरता दिन आग्रह गरेका हुन्।
'यो लकडाउनको वेलामा हामीले कमसेकम शिक्षा/स्वास्थ्य/सेवा क्षेत्रमा डिजिटल विधिको प्रयोग किन नगर्ने?नानीबाबु सोचौं!,' उनको ट्विटमा उल्लेख छ।
'कोरोना भाइरसको अघि र पछि नयाँ युगविभाजन हुने विमर्श चलेको अवस्था उल्लेख गर्दै डा भट्टराईले अर्थ र श्रमका नयाँ रूप र डिजिटल प्रविधिको प्रयोगको व्यापक विस्तारको परिकल्पना गरिएको कुरा स्मरण गराएका छन्।
लकडाउनका कारण सबै विद्यालय बन्द छन् भने अनलाईन कक्षा संचालनका विषयमा कुनै पनि छलफल तथा तयारी सरकारले गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।