काठमाडौं- सोमबार महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ७ सय ८७ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको छ। सरकारले लकडाउनको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
सोमबार ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गरेर गुडाइएका ६८ वटा चारपांग्रे र ७ सय १९ वटा दुइपांग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो।
लकडाउन उल्लंघन गर्ने सवारीसाधनको संख्या बढ्दै गएको छ। आइतबार उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ५ सय ४९ वटा सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसमध्ये ५ सय ३ मोटरसाइकलमा र ४६ वटा कारलगायत सवारी थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।