काठमाडौं- संसदको चालु अधिवेशन आजै मध्यरात १२ बजेदेखि अन्त्य हुँदै छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न गरेको सिफारिस अनुसार राष्ट्रपतिले संविधानको धारा ९३ (२) बमोजिम २०७६ चैत २४ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने संघीय संसदमा कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा जारी सुचनामा भनिएको छ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण संसद बैठक स्थगित हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।