काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले लम्ब्यायो लकडाउन अवधि, बैसाख ३ गतेसम्म लकडाउनलाई निरन्तरता दिने मन्त्रिपरिषद् बैठकको निर्णय । (लकडाउनको समय थप)
२) कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा आवश्यक रकम जोहो गर्नका लागि बजेट रोक्कापछि सरकारको अर्को निर्णय, प्रोत्साह भत्ता कटौतीको तयारी । (प्रोत्साह भत्ता कटौतीको तयारी)
३) आवश्यक परे विद्यालयलाई क्वारेन्टाइन बनाउन सकिने, बन्यो नमुना आचारसंहिता, विद्यालयान भौतिक क्षति नपुग्ने गरी वडाअध्यक्षको रोहबरमा क्वारेन्टाइन सञ्चालक समिति र विद्यालयबीच सहमति हुनुपर्ने । (विद्यालयलाई क्वारेन्टाइन बनाउन सकिने)
४) च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यत्तिकै स्थगित हुनसक्ने खतरा, सेप्टेम्बर अघि खेल सकाउन नसकिए सिजन यत्तिकै स्थगित हुने युइएफएका अध्यक्ष एलेक्जेन्डरको भनाइ । (लिग स्थगित हुनसक्ने)
५) र, कोरोना भाइरस संक्रमण देखिएको १० दिनमा पनि सुधार नदेखिएपछि बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना, स्वास्थ्य अवस्था ठिक भएपनि लक्षण कायमै रहेको जोन्सन कार्यालयको भनाइ । (बेलायती प्रधानमन्त्री अस्पताल भर्ना)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।