फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्। मंगलबार प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले नेपाल लाइभलाई जानकारी दिए।
'मंगलबार प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ,' सञ्चारविज्ञबजगाईंले भने, 'तर समय निश्चित भइसकेको छैन।'
लकडाउनको बेला प्रधानमन्त्री ओलीले सम्बोधन नगरी राष्ट्रपतिले सम्बोधन गरेपछि विवाद सिर्जना भएको थियो।
यस्तै, नेकपाको सचिवालय बैठक मंगलबार बस्ने भएको छ। मंगलबार ४ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
माहामारीका बेला अनियमितताको विषय उठेपछि सचिवालय सदस्य नेताहरूले बारम्बार बैठक राख्न आग्रह गरेपछि नेकपाले सचिवालय बैठक बोलाएको हो।
‘हामीले भोलि दिउँसो ४ बजे सचिवालय बैठक बोलाएका छौं,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कुन कुन विषयमा छलफल गर्ने भनेर तय भएको छैन।’ चैत ६ पछि सचिवालय बैठक बस्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।