काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाललाई आवश्यक मेडिकल सहयोग दिन चीनको केन्द्रीय सरकारले तयारी गरिरहेको बताइएकी छिन्।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी चीनको पहलबारे नेपाली मिडियामार्फत सोधिएका प्रश्नहरुको जवाफ फर्काउँदै उनले त्यस समबन्धमा नेपाल र चीन सम्पर्कमा रहेको बताएकी छन्।
‘चिनियाँ सरकारले नेपाललाई सहयोग गर्न सामग्री उपलब्ध गराउने र त्यसका लागि दुवै पक्ष सम्पर्कमा छन्,’ उनको भनाइ छ, ‘यसैबीच चीनमा केही स्थानीय सरकार र नागरिक समाजले नेपाललाई आवश्क पर्ने सामग्री उठाउन सक्रिय भएर लागेका छन्।’
केही स्थानीय सरकारले प्रदान गरेको पहिलो चरणको सहयोग गत मार्च २९ मा नेपाल आइपुगेको भन्दै राजदूत याङ्छीले सिन्जियाङ स्वायत्त क्षेत्र, युनान प्रान्त र केही चिनियाँ व्यवसायीले पनि नेपालालई केही मेडिकल उपकरण दिने इच्छा जाहेर गरेको जानकारी गराएकी छन्।
अहिलेको घडीमा यातायात निकै कठिन भएको भन्दै उनले चिनियाँ दूतवासाले भन्सार पास र यातायातका लागि सबै पक्षसँग समन्वय गर्ने आश्वासन दिएकी छन्।
राजदूत होउले अप्रिल २ मा नेपाल सरकारले बेइजिङस्थित नेपाली दूतावासमार्फत खरिका लागि माग पनि पठाएको बताएकी छन्। ‘वाणिज्य मन्त्रालयले यसमा समन्वय र काम गरिरहेको छ,’ उनले भनिन्, ‘कुटनीतिक माध्यममार्फत कुनै पनि देशले उपयुक्त प्रक्रियाअनुसार खदिरका लागि माग गरेमा दूतावासले मुख्यालयमा जानकारी गराउँछ र योग्य निर्यातकर्ताको सूची उपलब्ध गराइदिन्छ।’
मापदण्ड नपुगेका सामग्री निर्यात गर्न अनुमति छैन
मापदण्ड नपुगेका सामग्री निर्यात गर्ने अनुमति चीनले नदिने भन्दै उनले त्यस्ता सामग्रीले भन्सार पास नै नपाउने दावी गरिन्।‘विश्वभर विभिन्न देशमा मेडिकल सामग्रीको मापदण्ड भिन्न छन्, जुन स्वभाविक हो,’ राजदूत याङ्छीको भनाइ छ, ‘गुणस्तर नियन्त्रणका लागि चीनले अति महत्व दिन्छ। सम्बन्धित विभागले कडा नियामक उपाय अपनाएका छन्। मेडिकल सामग्री निर्यात गर्ने कम्पनीले भन्सार पासका लागि वैध प्रमाण प्रमाणपत्र भएको, निर्णयत गर्ने ठाउँको मापदण्ड पुरा गरेको लिखित वा डिजिटल फम्यार्टमा उल्लेख गर्नुपर्छ। यदि यसक्रममा मापदण्डलाई लिएर कुनै समस्या आएमा तथ्यमा आधारित भएर समस्या समाधान गरिन्छ।’
केही पश्चिमा मिडियाले चिनियाँ सामग्रीको कथाकथित गुणस्तरमा प्रश्न उठाएर भ्रमम सिर्जना गर्न खोजिएको भन्दै उनले यस्तो कुरामा पनि राजनीति गर्ने कुराले महामारीविरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय सहकार्यमा असर पुग्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।