काठमाडौं- काठमाडौं र भक्तपुर जिल्लासँग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका चार हजार ९ सय परिवारलाई राहत वितरण गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहाय र मजदुरवर्गका उपभोक्तालाई नगरपालिकाले राहत वितरण गरेको हो।
नगरपालिकाले आइताबार साँझसम्मको तथ्यांकअनुसार नौवटै वडाका चार हजार ९ सय परिवारलाई राहत बाँडेको जानकारी दिएको छ।
विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट गरिएको राहत वितरणबाट नगरभित्रका छाक टार्न मुस्किल पर्ने विपन्न परिवार लाभान्वित भएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताए।
दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई चामल, दाल, खाने तेल र साबुन खरिदको लागि विपन्न परिवार छनौट गरी प्रतिपरिवार एक हजारको दरले नजिकैको खाद्यान्न पसलबाट आवश्यक सामान खरिद गर्ने गरी कुपन बाँडिएको थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।