काठमाडौं- कोराना भाइरस (कोभिड–१९)को प्रभाव भारतीय सांसदको तलबमानमा पनि पर्ने भएको छ।
भारतको सरकारले एक वर्षसम्मलाई हरेक सांसदको तलब ३० प्रतिशत कटौती गर्ने भएको छ भने सांसद विकास कोष दुई वर्षसम्मका लागि खारेज गर्ने निर्णय गरेको छ।
सांसद विकास कोषमा जाने रकम कोरोना पीडितको राहातका लागि उपयोग गरिनेछ।
त्यस्तै सरकारले अध्यादेश जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति तथा राज्यपालको तलब पनि एक सालसम्मका लागि ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।