काठमाडौं- सरकारले संघीय संसदको अधिवेशन आजै ( सोमबार) देखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदका दुवै सदन बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीले कोभिड-१९ को महामारीबाट जोगिन यस्तो निर्णय लिइएको बताए। कोभिड-१९ महामारीको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगितमात्र हुँदै आएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले दुवै सदनको कामकारबाही बन्द गरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
सोमबारकै मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधी बढाएर बैशाख ३ मध्यरात पुर्याउने निर्णय समेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।