• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

राष्ट्रियता र राष्ट्रवाद कसका लागि?

64x64
रमेश ज्ञवाली मंगलबार, चैत २५, २०७६  १३:४१
1140x725

माथिको पहिलो तस्बिरका नेताजीलाई चिन्नुभयो? पक्कै चिन्नुभयो होला। हो, उनी पूर्वसभामुख कृष्णबहादुर महरा। चुनाव जितेको खुशीयालीमा उनले माला लगाएका बेला खिचिएको तस्बिर होइन यो। बलात्कार मुद्दामा सफाइ पाएपछि काठमाडौंमा चुपचाप बस्नुभन्दा आफ्नो गृहजिल्ला रोल्पातिर प्रकट भएका बेला उनका मतदाताले पहिरिदिएका माला हुन यी। यसरी माला पहिरिएर उनी पञ्चेबाजा अघिपछि लगाएर गाउँ घुम्न भ्याएका थिए। 

थुनामुक्त हुनासाथ ‘जस्तो अवस्था आए पनि देशको रक्षा गर्न पछि नहट्ने’ शैलीको वक्तव्य जारी गरेका महराले जिल्ला पुगेर पनि आफू राष्ट्रवादी भएकैले षड्यन्त्र भएको बताए। जवाफमा जनताले हत्केलो दुख्ने गरी थपडी बजाए। महराले ‘यो जित, जनताको जित’ भन्नसम्म भ्याए, मानौं उनीसँगै उनका जनता पनि दोष लगाउने महिलाकोमा गएका थिए र सबैलाइ त्यस्तै आरोप लागेको थियो।

के राष्ट्रियता हाम्रा नेताजीहरूले भने जस्तै यति सस्तो 'जिनिस' हो त? एक महिलासँगको शंकास्पद सम्बन्धपछि मात्र वा आफुलाई अचाक्ली दुःख परेपछि मात्र नशामा राष्ट्रवाद चढ्ने हो? वर्षभर वा जीवनभर सबै सामान्य भएका बेला कहाँ लुक्छ होला यो राष्ट्रवाद? एमसीसी सम्झौता संसद्‍बाट पारित गराउन सक्रियता नदेखाएका कारण महरालाई अमेरिकाले फसायो रे। के महरा एक्लैले त्यो एमसीसी रोक्न सक्थे? अमेरिकाले नै महरालाई ती महिलासँग पठायो त? उनीहरूले जे भने पनि पत्याइदिने हामी मतदाताकै कारण उनीहरुबाट अभिशप्त भएनौं र?

नेपालमा एक थरी नेता र कार्यकर्ता छन् जसलाई नाम, थर र पदका अगाडि एक लेप्पन लगाएर पुकारिन्छ, त्यो हो ‘राष्ट्रवादी नेता फलानो’ रे। अनि ती महान् फलानो कसरी राष्ट्रवादी हुनुभयो त भनेर यसो अध्ययन गरेँ। काम शून्य, तर सरकारमा जोसुकै होस्, दुनियाँका नियमकानुन जेसुकै भनुन्, सरकारविरोधी र चर्का कुरा गर्ने, तत्काल खपत हुने कुरा मात्रा मिलाएर खोक्नेलाई राष्ट्रवादीको ट्याग भिराइँदो रहेछ।  देशको नेता भैसकेपछि त क्षणिकखपत भन्दा दीर्घकालीन सोच आउनुपर्ने होला, तर त्यो छैन। जे पनि बर्बराएको छ। तर ‍यसरी बर्बराउने नै महान नेता बन्छन्। सत्तामा पुग्छन्, अनि पहिलेका ती चर्का अडान ‘यी त सब भन्ने कुरा न हो’ भन्ने गीतझैं बिलाउन पुग्छन्।

अब माथिको अर्को तस्बिरको चर्चा गरौं। अन्तर्राष्ट्रिय नाका बन्द र देशव्यापी लकडाउनपछि महाकाली नदी तैरेर कट्टु मात्र लाएर नेपाल प्रवेश गर्ने व्यक्तिको यो चित्रपछि व्यापक चर्चा शुरु भयो राष्ट्र, राष्ट्रियता र देशभक्तिको। उनै नेपालीलाई चीनको वुहानबाट करोडौं खर्च गरेर ल्याएर ज्वाईं पालेझैं पाल्न हुने। तर भारतमा सय/पचासका लागि मदजुरी गर्नेको यो हालत? 

वास्तवमा सरकारले चीनबाट उद्धार गर्दाको र अहिलेको अवस्था एउटै पक्कै छैन, वुहान त्यो बेला भाइरसको केन्द्रबिन्दु थियो। सबै देशले उद्धार गरिरहेका थिए, कारण स्थिति अन्यौलमै थियो के हुन्छ, के हुँदैन र सरकार पनि अन्योलमै थियो।

हुन त संकटका बेला सरकारले नीति, नियमका ठेली पल्टाएर बस्ने होइन भन्न सकिएला, तर राज्यका रूपमा उसका अनेकौं बाध्यता र सीमा त हुन्छन् नि। अन्तर्राष्ट्रिय नाका बन्द र देशव्यापी लकडाउन भनेपछि भारतीय सीमाबाट पनि कोही आउन नपाउने सिद्धान्तः सही हो। त्यसैले कसैलाई आउन नदिनु बेठिक नहोला। विभिन्न चरणमा यता आएका लुकेर बसेको, क्वारेन्टाइनबाटै भागेकोले आम जनताको बृहत्तर हित सरकारले ध्यान दिएको पाइन्छ। 

कुटनीतिमा पारस्परिकता भन्ने हुन्छ, अहिलेको यो विश्वव्यापी संकटमा कुनै पनि देशले राष्ट्रियताको आधारमा विभेद नगरी उपचार र व्यवहार गर्ने भन्ने सहमति जस्तै नै भएको छ। किनभने विश्व स्वास्थ्य संगठनले सबै देशलाई बिना भेदभाव उपचार र हेरचाह गर्न भनेको छ। सरकारले हजारौं भारतीयलाई समान संरक्षण गरेर राखेको छ भने सिंगो देश लकडाउन भएको भारतका विभिन्न कुनाबाट नेपाली सीमासम्म कसरी आए भनेर सरकारले राजनीतिक र कुटनीतिक पहल गरिरहेको बेला सरकारमाथि चौतर्फी हमला हुनुको कारण संकटका बेला सर्वसाधारणले राजनीति वा अन्य नीतिका ठेली पल्टाएर बस्दैनन्।

Ncell 2
Ncell 2

व्यक्तिका नीजि आकांक्षा, कुण्ठालाई कहिलेसम्म जनतासँग जोडिरहने? कहिलेसम्म राष्ट्रवादको लेपन लगाइरहने? यो चाँहि नेताले भन्दा मतदाताले सोच्नुपर्ने बेला आएको छ।

त्यसैले सरकारले कुटनीतिक संयन्त्रबाट भारतसँग कुरा गरिरहँदा महाकालीमा हाम फाल्न रोक्नुपर्थ्यो। हामीले धार्चुलाबाट नेपालतिर हेलिन खोज्नेको फोटो त देख्यौं र भन्यौं कि देशले उनीहरूलाई ढोका बन्द गरायो। बरु भारतले दुई छाक खुवाएर राखेको छ। हामीले के भनेनौं वा थाहा पाएनौं भने त्यसैगरी भारत हेलिन खोज्नेलाई भारतीय अधिकारीले यतै फर्काइदिइपछि सयौं भारतीय पनि नेपालतिरै फर्किए। उनीहरुलाइ नेपाल सरकारले खानपिन गराएर राखेको छ।

यहाँ वास्तविकता बुझाउन नसक्नु सरकारको कमजोरी हो। समस्यामा परेको मान्छे दशथरी सिद्धान्त वा दर्शन कहाँ बुझ्छ र? नीतिगत कुरा सल्टाउँदै यता व्यवहारिक पक्षतिर ध्यान दिन शायद सरकारले भ्याएन कि? हो, भूगोल र त्यहाँका जनता बिना एउटा राष्ट्रको निर्माण हुँदैन, तर हामी व्यक्तिको रुपमा जति छिटो कुनै घटना विशेषप्रति उत्तेजित हुन्छौं। राज्य त्यही रुपमा प्रतिक्रिया दिनसक्ने अवस्थामा सधैं रहँदैन किनभने राज्यका आफ्नै सीमा हुन्छन्। तर आफ्नै हिसाबले जनतालाई आश्वस्त पार्न चाँहि सक्नुपर्छ।

आफ्नो देशप्रतिको भक्ति, आदर वा समर्पणलाई राष्ट्रवाद मान्ने गरिएको छ। सरसर्ती हेर्दा कसैलाई पनि यो आपत्तिजनक छैन। देशको भाषा, संस्कृति, रीतिरिवाज, जाति, कला, साहित्यको संरक्षण र बढावा दिने कामलाई राष्ट्रवादका रूपमा बुझ्न सकिन्छ। जनप्रतिनिधि र कर्मचारीले देशको हितलाई सर्वोपरि मानेर सोअनुसारका काम कारबाही गर्छन् भन्ने विश्वास हुन्छ। तर शासकले राष्ट्रियता र राष्ट्रवादलाई आफू अनुकुल परिभाषित मात्र हैन, राजनीतिक र सैनिक अतिवादको रुपमा चरम दुरुपयोग पनि गर्दै आएका छन्। उदाहरणका लागि नाजी, आमहत्या, होलोकस्ट, बोस्नियाको १९९० को जातीय सफाया आदिलाई लिन सकिन्छ। 

यतातिर पनि शासकवर्गले आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्ने र आवरणमा राष्ट्रवादको खोल ओड्ने डर पनि उत्तिकै छ।

फासीवादी शासकहरू जस्तै जर्मनीमा हिटलर, इटलीमा मुसोलिनीले राष्ट्रवादलाई जनमानसका इच्छा, आकांक्षा कुल्चने माध्यम बनाएका थिए। देश आन्तरिक संगठन र शासनमा केन्द्रित भैरहँदा दोश्रो विश्वयुद्धले भने केही फरकपन ल्याइदियो। अन्तर्राष्ट्रिय सहकार्यको आवश्यक्ता औंल्याइदियो। जसको फलस्वरूप संयुक्त राष्ट्र संघ, विश्व वैंक, विश्व व्यापार संगठनजस्ता संस्थाको उदय भयो। १९९० मा युरोपेली देश पनि एउटै छातामा आबद्ध भए।

एक्काइसौं शताब्दीमा फेरि एकपटक राष्ट्रियता र राष्ट्रवादको लहर संसारभर फैलियो। २०१४ मा भारतमा हिन्दू राष्ट्रवादी भनिने नरेन्द्र मोदी सत्तामा आए। २०१५ मा रुसमा भ्लादिमिर पुटिनले रसियन मूलका जनताको बचाउ गर्ने भन्दै युक्रेनमाथि धावा बोले। २०१६ मा बेलायतले युरोपेली संघबाट बाहिरिने पक्षमा मतदान गर्‍यो। राष्ट्रवादको यो लहरमा २०१६ मा अमेरिकाले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुन्यो। ‘अमेरिका पहिलो’ अभियान चलाएका ट्रम्पले टेक्सासको सभामा आफू राष्ट्रवादी हुँ भन्ने घोषणा मात्र गरेनन्, सो को आवरणमा मेक्सिको सीमामा पर्खाल लगाउनेलगायत धेरै विवादास्पद निर्णय गरेका छन्। यो लहरमा युरोपेली देशदेखि अस्ट्रेलिया पनि अछुतो रहेन। पछिल्ला चुनावहरुमा अनुदारवादीले राष्ट्रियताको हौवा पिट्दै चुनाव जिते। हाम्रै देशमा अहिलेका प्रधानमन्त्री केपी ओलीलाई भूकम्प र नाकाबन्दीपछि एक राष्ट्रवादीका रूपमा चित्रित गर्दै उनको नाममा पार्टीले भोट मागेर चुनाव जितेको हो। अहिलेको सरकार पनि राष्ट्रवादको टेकोमा आएको हो।

वास्तवमा आफ्नो समाज, क्षेत्र वा देशलाई सर्वौपरि मानेर त्यसको हितमा दिनरात अघि बढ्नु कुनै पनि हिसाबमा नराम्रो होइन। तर राष्ट्रवादको नाममा पहिलेजस्तै हिंसा, लुटपाट वा मनपरीतन्त्रको बगबिगी पनि हुने डर सधैं कायम रहिरहन्छ। भारतमा मोदी सरकारले हिन्दू राष्ट्रवादका नाममा हिन्दू अतिवादीलाइ बढावा दिएको र अन्य धर्मावलम्बीलाई बाँच्नै मुस्किल भएको टिप्पणी गर्न थालिएको छ।

यतातिर पनि शासकवर्गले आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्ने र आवरणमा राष्ट्रवादको खोल ओड्ने डर पनि उत्तिकै छ। शुरुमा भनिए जस्तो महराकाण्ड के कति कारणले राष्ट्रियतासँग जोडिएको हो? त्यो कसैलै कहिल्यै प्रमाणित गर्नुपर्ने हो कि अब यत्तिकै सकियो? महिला काण्डमा त उनी अदालतबाट चोखिइसके, त्यसमा केही बोल्न परेन। तर यसरी व्यक्तिका नीजि आकांक्षा, कुण्ठालाई कहिलेसम्म जनतासँग जोडिरहने? कहिलेसम्म राष्ट्रवादको लेपन लगाइरहने? यो चाँहि नेताले भन्दा मतदाताले सोच्नुपर्ने बेला आएको छ। ‍

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्