काठमाडाैं- विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने गरी आचारसंहिता बनाइएको छ। विद्यालयलाई क्षति नपुर्याइ क्वारेन्टाइन बनाउन सकिने गरी १२ बुँदे आचारसंहिता बनाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र एडुकेसन क्लस्टरको सहकार्यमा विद्यालयलाई भौतिक क्षति नपुग्ने गरी वडाध्यक्षको रोहबरमा क्वारेन्टाइन सञ्चालक समिति र विद्यालयबीच सहमति गराइने हस्ताक्षर गरिनुपर्ने संहितामा उल्लेख छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नेपाल सरकारले क्वारेन्टाइन बनाउन बनाएको आचासंहिता बाहेक विद्यालयलाई प्रयोग गरेको सन्दर्भमा थप ध्यान दिनुपर्ने विषय नमूना आचारसंहितामा उल्लेख गरिएको बताए। ‘स्वास्थ्य मन्त्रालय र संघीय मामिला मन्त्रालयले क्वारेन्टाइन कसरी बनाउनुपर्छ भन्ने बारे आचारसंहिता बनाएका छन्,’ शर्माले भने, ‘हामीले विद्यालयलाई प्रयोग गर्दा थप ध्यान दिनुपर्ने विषय आचारसंहितामा उल्लेख गरेका छौँ।’
यस्ताे छ नमूना आचारसंहिता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।