काठमाडौं– अपरान्ह ४ बजे बोलाइएको मन्त्रिपरिषदको बैठक दिउँसो २ बजेका लागि सारिएको छ।
मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि पुनः थप्नसक्ने एक मन्त्रीले जानकारी दिए। उनका अनुसार एक सातादेखि बढीमा १० दिनको लक डाउन थपिने छ।
सरकारले लागू गरेको लकडाउनको अवधि मंगलबार दुई साता पूरा हुँदैछ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी उच्च स्तरीय समितिले लकडाउन बढाउन गरेको प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।