न्युयाेर्क- अमेरिकामा कोरोना भाइरसको संक्रमणको केन्द्र बनेको न्युयोर्कमा पहिलो पटक संक्रमित थपिने क्रममा कमी आएको छ। तर, अधिकारीहरुले यो निरन्तर रुपमा कमी आइरहन्छ भनेर भन्न सकिने अवस्था भने नभएको बताएका छन्।
अमेरिकाभरि संक्रमित र मृत्यु हुनेको संख्या तीव्र गतिमा बढिरहँदा न्युयोर्कमा संक्रमित हुनेकाे संख्यामा केही कमी आएको बिबिसीले जनाएको छ। अमेरिकी स्वास्थ्य अधिकारीले तीव्र गतिमा फैलिएको कोरोना भाइरसले स्थिति नाजुक हुने चेतावनी दिइरहेका छन्। अमेरिकी सर्जन जनरलले अमेरिकामा यो साता सबैभन्दा कठिन समय हुने चेतावनी दिएका छन्।
सर्जन जनरल जेरोम एडम्सले अमेरिकी जनताको अवस्था अबको एक सातामा सबैभन्दा दुःखद हुने बताए।
हाल अमेरिकामा ३ लाख ३७ हजार संक्रमित रहेका छन्। न्युयोर्क सिटीमा मात्र १ लाखभन्दा धेरै संक्रमित रहेका छन्। धेरै संक्रमित रहेका सहरहरुमा न्युयाेर्क, न्युजर्सी, क्यालिफोर्नियालगायत छन्।
न्युयाेर्कमा- संक्रमित १,२३,१६० र मृत्यु ४,१५९
न्युजर्सी- ३७,५०५ संक्रमित र मृत्यु ९१७
मिशिगन- १५७१८ संक्रमित र मृत्यु ६१७
क्यालिफोर्निया- १५१५१ संक्रमित र मृत्यु ३४९
लुसियान- १३०१० संक्रमित र मृत्यु ४७७
म्यासेच्यसेट्स- १२५०० संक्रमित र मृत्यु २३१
फ्लोरिडा- १२३५० संक्रमित र मृत्यु २२१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।