काठमाडौं- लिबियाका पूर्व प्रधानमन्त्री महमुद जिब्रीलले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
उनी ६८ वर्षका थिए।
मिश्रको एक अस्पतालमा उपचारका क्रममा उनले ज्यान गुमाएका स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै बिबिसीले लेखेको छ।
२६ मार्चमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
उनी सन् २०११ मा लिबियामा गृहयुद्ध चर्केका बेला केही महिनाका लागि अन्तरिम प्रधानमन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।