रियाद- साउदी अरबमा ४ जना नेपालीलाई कोरोना संक्रमण भएको छ।
साउदी स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको हो।
आइतबार नेपाली दूतावास रियादले प्रेस विज्ञप्ति जारी गर्दै ४ नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ।
हालसम्म साउदी अधिराज्यमा २ हजार ३ सय ८५ मा कोरोना संक्रमण भेटिएको छ।
आइतबार राजधानी रियादमा मात्र ६६ जनामा संक्रमण भेटिएको थियो।
साउदीमा कूल संक्रमितहरुमध्ये हालसम्म ४ सय ८८ जना निको भएका छन्। मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।