काठमाडौं- कोरोना संक्रमणबाट सबैभन्दा बढी क्षति व्यहोरेको इटालीमा १५ हजार ८ सय ८७ जनाले ज्यान गुमाएका छन्।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहानको तथ्यांक अनुसार त्यहाँ २१ हजार ८ सय १५ जना उपचारपछि निको भएका छन्।
हालसम्म इटालीमा १ लाख २८ हजार ९ सय ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। बढी कोरोना संक्रमण देखिने देशहरुमा इटाली तेस्रो स्थानमा छ। इटालीभन्दा अघि अमेरिका र स्पेन छन्।
विश्वभर ६९ हजारभन्दा बढीले ज्यान गुमाए
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ३ सय ७४ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहानको तथ्यांक अनुसार कुल १२ लाख ७२ हजार १ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, २ लाख ६० हजार १२ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।