एजेन्सी- कोरोना भाइरसको संक्रमण देखिएको १० दिनमा पनि सुधार नदेखिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएका छन्।
संक्रमण देखिएको १० दिनसम्म पनि कोरोना भाइरसको लक्षण कायमै भएपछि चिकित्सकको सल्लाहमा उनी अस्पताल भर्ना भएका हुन्।
उनको स्वास्थ अवस्था ठिक रहेको तर लक्षण कायमै रहेकाले सुरक्षात्मक चरणका लागि उनी अस्पताल भर्ना भएको जोन्सनको कार्यालयले जनाएको छ।
कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा थिए। उनले केही दिन अगाडि पहिलोपटक डिजिटल क्याबिनेट बैठक राखेका थिए। उनले सबैलाई सरकारले गरेको अनुरोध अनुसार घरमै बस्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।