एजेन्सी-बेलायतकी महारानी एलिजावेथ दोस्रोले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमण फैलन नदिन सचेत हुन आग्रह गर्दै एक दिन जित हुने बताएकी छिन्।
देशवासीको नाममा सम्बोधनगर्दै ९३ वर्षकी महारानीले कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको निर्णयमा साथ दिएकोमा धन्यवाददिँदै धैर्यता राख्न आग्रह गरेकी थिइन्
उनले एक दिन सबैले आफ्ना प्रियजनलाई भेट्न पाउने छन् भन्दै अहिलेको अवस्थामा संक्रमण फैलन नदिन सचेत हुन आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ।
बेलायतमा कोरोना संक्रमणका कारण ४ हजार बढीको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।