राजविराज– सप्तरीमा आइतबार माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। अग्निसाईर कृष्णासवरण गाउँपालिका-६, मोहनपुरका डिलबहादुर मगरका छोरा ५ वर्षीय निकेश मगर र उमेश खड्काका ८ वर्षीया छोरा निशान खड्काको मृत्यु भएको हो।
घर नजिकै रहेको गौरीखोलामा खेल्दै गर्दा खोला किनारबाट ढिस्को खसेर बालकलाई किचेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुवै बालकको घटनास्थलमै मृत्यु भएको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।
दुवै बालकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।