लोम्बार्डी- इटालीका एक पादरीले क्यारेनटाइनका कारण उपस्थित हुन नसक्नेको फोटो राखेर उत्सव मनाएका छन्। कोरोना भाइरसको महामारीको केन्द्र बनेको इटलीको लोम्बार्डीका पादरीले क्वारेनटाइनमा रहेका कारण प्रार्थनामा उपस्थित हुन नसेपछि फोटो राखेर उत्सव मनाएका हुन्।
चर्चका पादरी डन ज्युसेपे कोर्बारीले २४ फ्रबुअरीदेखि चर्चमा मानिस आउन छोडेकाले फोटो राखेर प्रर्दशन गर्ने विचार आएको प्रतिक्रिया दिएका थिए। ‘मलाई यहाँ म एक्लो लागेर यस्तो गरेको हुँ,’ प्रार्थनापछि उनले भने।
उनले चर्चका सदस्यहरुलाई तस्बिर पठाउन भनेका थिए। तर त्यसबारे आउने प्रतिक्रियाबारे उनले केही चासो राखेनन्। उनले यसमा कसैको प्रतिक्रियाको आशा गरेनन्। विश्वभर अब यस्तै पद्धति अवलम्वन हुनुपर्ने सोच आएको मात्र बताए।
उनले यसलाई रेडियो र अनलाइन देखाउने चाहना रहेको पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।