मकवानपुर- शिवम् सिमेन्टले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथ क्वारेन्टाइनका लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ। शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरस्थित उद्योग परिसर वरपर रहेका हेटौंडा उपमहानगरपालिकाका वडा नं ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिसँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो।
यसका साथै मकवानपुर गढी गाउँपालिकामा आइसोलेसन बेडसहितको १० बेडको क्वारेन्टाइन बनाउनसमेत आर्थिक सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ। लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने नागरिक र तिनका परिवार सबैभन्दा पीडीत हुने र दैनिक हातमुख जोड्न नै कठिन हुने अवस्था सिर्जना भएकाले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनेर खाद्यान्न वितरण गरिएको र आगामी दिनमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवलकिशोर चौधरीले बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।