• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चीनबाट एक प्रशिक्षकको इटालीलाई चिठी - ‘आन्द्रा तुतो बेने’

64x64
नेपाल लाइभ आइतबार, चैत २३, २०७६  १७:१३
1140x725

इटालियन पूर्वफुटबलर फाबियो कानाभारो एक समयमा स्टार खेलाडी हुन्। २००६ को विश्वकप उपाधि जित्दा इटालियन टिमको कप्तान रहेका क्यानाभारो क्लब फुटबलमा पनि सफल खेलाडी हुन्।    

राष्ट्रिय टिमबाट १९९८ को विश्वकप, २००० को युरोकप, २००२ को विश्वकप, २००४ को युरोकप, २००६ को विश्वकप जस्ता ठूला प्रतियोगिता खेलेका उनले २०१० को विश्वकपपछि सन्यास लिएका थिए। 

इटालीमा नै १९९२ मा नापोलीबाट क्लब फुटबल सुरु गरेका क्यानाभारो पार्मा, इन्टर मिलान, युभेन्टस हुँदै २००६ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए। त्यहाँबाट २००९ मा युभेन्टस नै फर्किएका उनी २०१० मा युएईको अल अहलीमा गए। 

अल अहलीमा नै २०१३ मा सहायक प्रशिक्षक बनेका क्यानाभारो चिनिया फुटबल क्लब गोन्जाउ इभरग्रान्ड, साउदी अरेबियाको अल नासार, चिनिया क्लब तिनजिन क्वानजियन हुँदै अहिले गोन्जाउ इभरग्रान्डमा नै प्रशिक्षक रहेका छन्। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्व जगत कठीन समयमा छ। त्यसको ठूलो मारमा इटाली पनि देखिन्छ। अहिले चीनमा नै रहेका क्यानाभारोले इटालीका लागि ‘प्लेयर्स ट्रिब्युन’मा एक चिठी लेखेका छन्-

इटालीमा रहेका सबैका लागि,
अहिले जे भइरहेको छ त्यसले मलाई चिन्तासँगै असाध्यै दुःख लागिरहेको छ। इटाली यस्तो भयानक समयबाट गुज्रिनु पर्दा कस्तो भइरहेको छ भन्ने म ब्याख्या गर्नै सक्दिनँ। हरेक दिन केही जीन्दगी हराइरहेका छन्। जो संक्रमित हुनुहुन्छ र जसले आफ्नो परिवारको कोही गुमाउनु भएको छ उहाँहरुलाई मेरो साथ सधैँ नै छ। 

सम्भव भएसम्म जीवन जोगाउन खटिएका स्वास्थ्यकर्मीहरुलाई मेरो सम्मान छ। तपाईंहरु नै अहिले देशले खोजेको सच्चा नायक हुनुहुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर के गर्नु, दुःखको कुरा हामी कोही पनि त ‘सुपरम्यान’ होइनौँ। हामी कोही पनि त्यो भाइरसलाई निस्तेज पार्न सक्षम छैनौँ। चीनमा यो भाइरस माहामारी भइसक्दा पनि लागेको थियो इटाली त सुरक्षित छ। त्यतिबेलासम्म त लागिरहेको थियो- कम्तिमा हामीलाई केही हुँदैन। भनौँ चीनबाहिरका मानिसहरु सोचिरहेका थिए- मलाई त के हुन्छ र!

सुरुमा त मैले पनि यसलाई त्यति गम्भीर रुपमा लिएकै थिइनँ। लागिरहेको थियो कुनै रुघाखोकी जस्तो कुनै सामान्य सरुवा रोग होला। अहिलेको अवस्थासम्म पुग्दा त थाहा भइनै सक्यो हामी कति गलत रहेछौँ। 

इटालीले बेलामा नै सोचेर लकडाउनको पालना राम्ररी गर्नुपर्ने थियो। चीनमा मैले गोन्जाउ इभरग्रान्डलाई प्रशिक्षण गर्ने ठाउँमा हामी भाइरस देखिनुभन्दा निकै अघिदेखि नै क्वारेन्टाइनमा थियौँ, यहाँ मानिसहरु सचेत थिए। सार्सको महामारीमो अनुभव भएकाले पनि के गर्नुपर्छ भन्ने यहाँ राम्ररी बुझिएको हो जस्तो लाग्छ। तर इटालीमा त्यो सचेत हुनुपर्ने बुझाइ देखिएन। 

तर अब हामी यो युद्धको बीचमा आइपुगिसकेका छौँ, त्यसैले सबै मिलेर त्यसविरुद्ध लड्नुको विकल्प छैन। अब हामी सबैले आफूभित्रको राम्रो चरित्रलाई बाहिर ल्याउन अति आवश्यक छ। 

Xtrem

Xtrem

पक्कै पनि सबैलाई थाहै छ, इटाली गजवको देश हो। जहाँ आश्चर्यजनक समुन्द्री तट र सुन्दर ग्रामीण भेग छन्। मौसम यति मिलेको छ कि मानिसहरु धेरै समय घरबाहिर नै रहन सक्छन्। हामीसँग कला र सँस्कृति, खानपान अनुपम छ। मानिसहरु खेतको झुप्रोमा नै घन्टौँ आराम गरेर बसिरहेका हुन्छन्।

त्यसरी आफ्नै शैलीमा मस्त भइरहँदा हामी विश्व जगतले एकसाथ सोच्नुपर्ने विषयमा पनि पछि परेका छौँ। साझा विषअयिमा लाग्नुपर्ने समयमा पनि आफ्नै बारेमा सोचेर बसिरहेका छौँ। अनि जब हामी त्यस्तो गरिरहेका हुन्छौँ तब आफैसँग भएको खुबी पनि प्रयोग गरिरहेका हुँदैनौँ। 

भाग्यकै कुरा पनि होला, हामी केही गर्नुपर्ने समयमा एकजुट हुन पनि सक्छौँ नै। आफ्नो गौरव देखाएर एकजुट हुन कठीन समयकै प्रतीक्षामा रहनुभन्दा समयमा नै सोच्नुपर्ने थियो। हामी जुट्न सक्छौँ र सबै एक उद्देश्यमा लाग्न सक्छौँ भन्ने उदाहरण त धेरैपटक इटालीले देखाइसकेकै हो।

एकजुट हुने कुरा गरिरहँदा हामीले २००६ मा विश्वकप फुटबल जित्दाको क्षण सम्झना हुन्छ। खेलकुद सबैभन्दा कठीन समयमा रहेको यो बेला विश्वकपको कुरा गर्नु राम्रो त हुँदैन तर पनि हामी सबैलाई थाहा छ इटालीमा फुटबल खेल मात्रै हुँदै होइन। जब राष्ट्रिय टिम खेलिरहेको हुन्छ तब हरेक मानिस टिमको सदस्य हुन्छन्, सकै एकजुट बन्छन्। 

अनि जब इटालियनहरु एकजुट हुन्छन्, तब त हामी केही राम्रो नै गर्छौं। 

१९८२ को विश्वकपका बेला इटालीको खेल हेरेको मलाई अझै याद आउँछ। त्यतिबेला म आठ वर्षको मात्रै थिएँ। आफन्त र केही साथीहरु सँगै बसेर खेल हेरेको मेरो सम्झनामा छ। जब इटालीले गोल हान्छ तब हामी रमाएर कराउँदै एकअर्कालाई अङ्गालो हाल्थ्यौँ, एकअर्कालाई राम्ररी नचिन्नेहरु पनि त्यसै गरिरहेका हुन्थे। 

२००६ को विश्वकपका बेला म राष्ट्रिय टिमको कप्तान थिएँ। त्यतिबेला मैले विचार गरेको के भने दर्शकका रुपमा म आठ वर्षको हुँदा विश्वकप हेरिरहँदा जे गरेका थियौँ खेलाडी हुँदा पनि खुसी मनाउने शैली त्यही थियो। 

२००६ मा विश्वकपको ठीक अघि ठूला क्लबहरु खेल मिलेमतोमा फसेको समय रहेकाले हामीले विश्वकपमा राम्रो गर्न सक्दैनौँ भन्ने धेरैको अनुमान थियो। विशेष त त्यो मिलेमतोको काण्डले खेलाडीहरु एकजुट भएर खेलमा मन लगाउन नसक्लान् भन्ने थियो। तर खेलाडीको तयारी क्याम्पमा त्यस्तो असर केही थिएन। 

खेलाडीहरु हरेक समय एकजुट रहनु नै जितको मुख्य आधार हो। त्यस्तो कठीन समयमा हामीले आफ्नो बारेमा मात्रै कहिल्यै सोच्दै सोचेनौँ। सबैको हेरविचार गरिरहेका थियौँ। प्रशिक्षकका रुपमा मार्सेलो लिप्पी जस्ता होनाहार व्यक्तित्वको साथ हाम्रा लागि ठूलो कुरा थियो। उहाँले खेलाडीबीचमा सौहार्द वातावरण बनाउँदै एक ढिक्का भएर अगाडि बढ्न सहयोग गर्नुभयो। जब हामी मैदानमा थियौँ त्यो मिलेमतोको काण्ड त बिर्सिसकेका थियौँ। 

मानिसहरु अहिलेसम्म पनि मलाई सोधिरहेका हुन्छन् कि त्यो विश्वकप हामीले कसरी जित्यौँ? हामी भाग्यमानी भएकाले विश्वकप जितेको त पक्कै होइन। हामीले जित्नुको एउटै कारण हो- हामीसँग उत्कृष्ट खेलाडीहरुको समूह थियो। र अर्को कुरा, हामीमा हामी जित्छौँ भन्ने विश्वास थियो। 

ठीक यो समय त्यस्तै एकजुट हुनुपर्ने समय र त्यही भावना आवश्यक परेको छ। एकताको केही राम्रा उदाहरण अहिले पनि देखिएका छन्। ‘आन्द्रा तुतो बेने’ अर्थात सबै कुरा ठीक हुनेछ भन्ने सन्देशले मनोबल बढाउन सबै लागिपरेकै छौँ। ‘आन्द्रा तुतो बेने’को यही सन्देश ती सबैको लागि हो जो घरभित्र बन्द छन्, जो डराएका छन्, एक्लोपन महसुस गरिरहेका छन्। 

मानिसहरुको घरको झ्यालमा निस्किएर स्वास्थ्यकर्मीको सम्मानमा तालि बजाइरहेका देखिन्छन्। वरपरका सबै मिलेर केही बजाउँदै एक स्वरमा गीत गाइरहेका देखिन्छन्। हो यसै गरी जसरी सकिन्छ एकअर्कालाई साथ दिँदै जाऔँ। 

जब यो कठीन सयम सकिनेछ तब इटाली फरक इटाली हुनेछ। धेरैले आफ्नो जागिर गुमाएका हुनेछन्। कतिले आफ्नो व्यापार गुमाउनेछन्। त्यो समय सबैले अझ कडा मेहनत गर्नुपर्ने छ। यो समय एउटा प्रार्थना सकेसम्म छिटो कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लागोस भन्ने हो। तबसम्म भित्र बसिरहनुको विकल्प छैन। घरमा नै परिवारसँग समय बिताऔँ, शारीरिक दुरी बनाएर सुरक्षित रहौँ। 

र समहितका लागि गर्न सक्ने केही कामहरु छन् भने गरौँ। मैले २००६ मा विश्वकप जित्दा टिममा रहेका साथीहरुमार्फत केही आर्थिक सहयोगका लागि काम गरिरहेको छु। केही सामानहरु रेडक्रसमार्फत इटालीका अस्पतालमा सहयोग गर्न सकिन्छ कि भन्ने छ। 

केही सहयोग गर्न नसके पनि घरमा नै बसिदिनु पनि ठूलो सहयोग हो। अनि बिर्सनै नहुने कुरा यो सामूहिक लडाइँ हो। जसमा हामी सबै योद्धा बन्न जरुरी छ। 

पक्कै पनि हामी कोही पनि ‘सुपरम्यान’ होइनौँ।

तर हामी एकजुट भएर लागिपरेमा जेसुकविरुद्ध जित्न सक्छौँ। 

सबै सुरक्षित बस्नुहोला। 

(फाबियो कानाभारोले प्लेयर्स ट्रिब्युनमा लेखेको चिठी नेपाल लाइभका ऋग्वेद शर्माले अनुवाद गरेर यो लेख तयार पारेका हुन्।) 

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्