• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

महासंकटमा कांग्रेस शीर्ष नेताका ‘बेतुक’ अभिव्यक्ति

64x64
नेपाल लाइभ आइतबार, चैत २३, २०७६  १४:५५
1140x725

काठमाडौं- यतिबेला देश कोरोना भाइरसको संक्रमण फैलन सक्ने ठूलो जोखिममा छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीका रूपमा घोषणा गरेर अति संवेदनशील भएर काम गर्न सचेत गराइसकेको छ। संक्रमण थप फैलन नदिन भन्दै सरकारले लकडाउन गरेको छ।

यो महामारीको संकटकै बेला नेपाली कांग्रेसका शीर्ष नेताहरुले ‘बेतुक’का अभिव्यक्ति दिँदै हिड्न थालेका छन्। ती अभिव्यक्तिमा विरोध चर्कन थालेपछि सच्याउन पनि थालेका छन्। यसले उनीहरुलाई विवादमा तानेको छ। 

कोरोना संक्रमणविरुद्ध पूरै देश एकजुट भएका बेला शीर्ष तहका नेताहरु राजनीतिक विषय उठाएर विवादमा तानिएका हुन्। ‘अर्थहीन’ अभिव्यक्ति दिएर आलोचना खेपेका वरिष्ठ नेता रामचन्द्र पौडेलकै स्थिति सहमहामन्त्री डा प्रकाशशरण महतले भोगेका छन्। दुवै नेताको अभिव्यक्तिको आशय सरकार परिवर्तन हुनुपर्ने सन्दर्भसँग जोडिएको छ। 

आलोचित भएपछि दुवै नेताले आफ्ना भनाईलाई गलत आशयका साथ बुझिएको तथा बङ्याएको आरोप लगाएका छन्। पौडेल र महतको बोलीको प्रतिवाद पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले गर्नुपरेको छ।

वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिएका थिए। फेसबुक लाइभमा पौडेलको धारणा थियो, ‘यस्तो बेला (लकडाउन) मा आम सहमति आवश्यक हुन्छ। जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस्। यस्तो बेलामा आवश्यक पर्‍यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ। दुनियाँमा यस्तो प्रचलन पनि छ।’

आम सहमतिको सरकार बन्नुपर्ने पौडेलको बोलीमा आलोचना हुन थालेपछि प्रवक्ता शर्माले दुईपटकसम्म ट्विट गरेर ती धारण पौडेलको व्यक्तिगत मात्र धारणा मात्र भएको प्रष्टीकरण दिएका थिए। पौडेलको बोलीमा प्रवक्ता शर्माको धारणा थियो, ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ। सरकारलाई हामीले (कांग्रेसले) बल दिने र सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला हो यो। यो हामी सबैको साझा संघर्ष हो।’

सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन र यसबारे कुनै छलफल समेत भएको छैन l संकटमा सरकारलाई सघाउनु,सुझाव र दबाब दिनु हाम्रो कर्तव्य हो l#सरकारमा_संगै_नभएर_पनि_संगै_लड्न_सकिन्छ l यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा !

nimb
nimb
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 29, 2020

दोश्रोपटक फेसबुक सम्बोधनमा आएका नेता पौडेलले आफ्नो पूर्व धारणा गलत रुपमा बुझिएको भन्दै चित्त दुखाए। उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार भनेको होइन। संकटको बेला राष्ट्रिय सहमति गरौं भनेको हुँ।’

पौडेलको अभिव्यक्ति मत्थर हुन पाउँदा नपाउँदै सहमहामन्त्री महतले विवादित अभिव्यक्ति दिए।

महतको बोलीको आशय वर्तमान सरकार असफल भएकाले मध्यावधि निर्वाचनमा जानुपर्ने उनको तर्क थियो। नेता महतले व्यक्तिगत मत भन्दै सो धारणा सार्वजनिक गरेका थिए। महतको बोलीको पार्टी भित्र र बाहिरबाट व्यापक विरोध भएपछि उनले विज्ञप्ति निकालेर खण्डन गरेका छन्।

आफ्नो बोलीको बचाउ गर्दै नेता महतले भनेका छन्, ‘कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा सरकार लिप्त भएको भन्ने विषय रहेको थियो।’

मध्यावधि निर्वाचनको माग नगरेको दाबी गर्दै उनले अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा आग्रह गरेका छन्। महतको भनाई व्यक्तिगत भएको भन्दै प्रवक्ता शर्माले समेत ट्विट लेखेका छन्। 'व्यक्तिगत मतहरु केवल व्यक्तिगत हुन्छन्। पार्टीलाई गांसेर अतिरंजित व्याख्या नगरौं, प्रवक्ता शर्माले टिव्टमा संस्थागत रूपमा नेपाली कांग्रेसको लेख्छन्, ‘न सहमतिको सरकार न चुनाव। यो संकटको घडी जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ, तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारविरुद्ध खरो खबरदारी।’

ब्यक्तिगत मतहरु केवल ब्यक्तिगत हुन्छन् l पार्टीलाई गांसेर अतिरंजित ब्याख्या नगरौं !

संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ-
न सहमतिको सरकार न चुनाव l यो संकटको घडि जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ,तर ढिलासुस्ती,अनियमितता र भ्रस्टाचार विरुद्ध खरो खबरदारी !

जय नेपाल !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 5, 2020

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय शुक्रबार, भदौ १२, २०८३
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने शुक्रबार, भदौ १२, २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता शुक्रबार, भदौ १२, २०८३
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्