काठमाडौं- विं. सं. २०७७ मा शनिबारबाहेक २५ दिन बिदा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा कार्यरत कर्मचारीले दशैंमा ५ दिन र तिहारमा तीन दिन बिदा पाउने भएका हुन्।
दशैं बिदा फुलपातीको दिन कात्तिक ७ गतेदेखि ११ गतेसम्म हुनेछ। त्यस्तै तिहार बिदा लक्ष्मीपूजा (कात्तिक २९ गते)देखि भाइटीकाको दिन (मंसिर १) सम्म हुनेछ।
सबैले २५ दिन अनिवार्य बिदा पाउनुका साथै सम्बन्धित धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै पनि सार्वजनिक बिदा दिने सूची सार्वजनिक भएको छ। यस्तो बिदा १० वटा धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका बैंकरहरूले प्राप्त गर्न सक्नेछन्।
बैंकहरु वैशाख एक गते नयाँ वर्षको दिन बन्द हुनेछन्। त्यस्तै वैंशाख १९ गते मजदुर दिवसका दिन पनि बन्द हुनेछ। भोटेजात्रा, गाइजात्रा, इद्रजात्रा र घोडेजात्रामा उपत्यका भित्रका बैंकहरु बन्द हुनेछन्।
यसबाहेक नेपाल सरकारले निर्णय गरेका बिदामा पनि कर्मचारीले बिदा पाउने छन्। सरकारले घोषणा गरेका बिदा पूर्ण दिनका लागि हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यस्तै बैंकरहरुले हरेक शुक्रबार आधा दिन बिदा पाउने छन्। कर्मचारीले शुक्रबारका दिन बिहान १० बजेदेखि अपरान्ह साढे १२ बजेसम्म काम गर्नुपर्ने छ।
२०७७ साल बैशाख एक गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बैंकिङ कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ। त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म खुला हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।