• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनमा थन्किएका सवारीको हेरचाहबारे उत्पादक कम्पनीले नै पठाउन थाले टिप्स

64x64
नेपाल लाइभ आइतबार, चैत २३, २०७६  १४:४५
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड- १९) महामारीका कारण हाल विश्वका आधा मानिस घरभित्रै छन्। अधिकांश देशले लकडाउन घोषणा गरेका छन्। जसका कारण अत्यावश्यक बाहेकका सवारीसाधन गुडेका छैनन्।

सवारीसाधन नगुडाइ राख्नु सवारी स्वास्थ्यका हिसाबले राम्रो मानिदैन। विश्वभर अर्बौंको संख्यामा हरेका सवारीसाधन अहिले घर/ग्यारेजमा थन्किएका छन्। नेपालमा हालसम्म ३५ लाखभन्दा बढी सवारीसाधन दर्ता भएको यातायात व्यवस्था विभागकाे तथ्याङ्क छ। ती मध्ये १ लाखभन्दा कम सवारीसवारी साधनमात्र गुडेको अनुमान गरिएको छ। सीमित संख्यामा सरकारी सवारी, अस्पताल, सुरक्षा निकाय, केही सञ्चारगृह र मालबाहक सवारीसाधन मात्र सञ्चालन गर्न अनुमति दिइएको छ।

अन्य देशहरूमा पनि अत्यावशक सवारीमात्र गुडाउने अनुमति छ। भारतमा लकडाउनका कारण सवारीसाधन घर/ग्यारेजमै थन्निएकाले सवारी उत्पादक कम्पनीले कसरी सवारीलाई दुरूस्त राख्ने भन्ने टिप्स नै दिन थालेका छन्। कम्पनीहरूले कस्टमर हेल्पलाइनमार्फत् यस्तो सुविधा उपलब्ध गराएका हुन्।

सवारी उत्पादकले फेसबुक, ट्विटर, इन्स्टाग्राम तथा अन्य मोबाइल एप्लिकेसनमार्फत् लामो समयको लकडाउनमा सवारीलाई कसरी सुरक्षित राख्ने भनेर टिप्स सेयर गरिरहेका छन्।

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारूती सुजुकीले नियमित रूपमा मेन्टेनेन्स टिप्स पठाइ रहेको जनाएको छ। महिनामा कम्तीमा एक पटक कारको इन्जिन १५ मिनेट स्टार्ट गरेर राख्ने, एसएचभिएस सवारीका लागि भने हेडलाइट बालेर महिनामा १ पटक ३० मिनेट इन्जिन स्टार्ट गरेर राख्न मारूती उपभोक्तालाई टेक्स्ट पठाएको छ।

सवारीको ब्याट्रीलाई दुरूस्त राख्न सवारी निश्चित पार्किङ भएको हो भने ह्यान्ड ब्रेकलाई इंगेज नगराउनु उपयुक्त हुन्छ। लामो समयसम्म सवारी नचलाइ राख्नु सवारी स्वास्थ्यका हिसाबले राम्रो मानिदैन। भारतमा २१ दिने लकडाउन जारी छ। संक्रमण बढे लकडाउन बढ्ने निश्चित प्रायः छ। नेपालमा पनि १ साताको लकडाउन सकिएर दोस्रो साताको जारी छ। अर्को एक साता पनि थपिने सम्भावना छ।

महिन्द्राले 'विथ यु हमेसा' वेबसाइटमार्फत् उपभोक्तालाई टिप्स उपलब्ध गराउँदै आएको छ।

त्यस्तै गरी हुन्डाईले इमर्जेन्सी रोड सर्भिसका लागि १ हजारभन्दा बढी डोरस्टेप सेवा उपलब्ध गराएको छ। कार उत्पादकले मात्र नभइ दुईपाङ्ग्रे सवारी उत्पादकले समेत यस्तो सेवा उपलब्ध गराउँदै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

टिभिएस, यामाहालगायत कम्पनीले ट्विट ह्यान्डलबाट मोटरसाइकल कसरी पार्किङ गर्नेदेखि लकडाउनको अवधिभर सातामा दुई पटक इन्जिन स्टार्ट गर्न आफ्ना उपभोक्तालाई आग्रह गरेका छन्। टायर उत्पादकले समेत कसरी सुरक्षित गर्ने भनेर ग्राफिक्स सहित जानकारी प्रवाह गरिरहेका छन्।

त्यस्तै सवारी विज्ञ तथा इन्जिनियरहरूले समेत विभिन्न माध्यमबाट लकडाउनमा सवारीलाई कसरी सुरक्षित गर्ने भनेर जानकारीहरू प्रवाह गरिरहेका छन्।

कारका लागि गर्नुपर्ने काम
पार्किङ गरिएको कारलाई यो बेला हेरचाहको आवश्यकता हुन्छ। तपाईंले यो बेला यी पाँच टिप्स फलो गर्नुभयो भने लकडाउनपछि तपाईंको कार स्टार्ट गर्न कुनै समस्या आउँदैन।

एक्सटेरियर सफा राख्नुहोस्ः एकैठाँउमा लामो समयसम्म गाडी राख्दा धुलोका कारण फोहोर हुन्छ। गाडीमै धुलो जम्न सक्छ। यसलाई पछि सफा गर्दा समय खर्च हुन्छ। कहिले काहीँ त कारमा सँधैका लागि दाग, धब्बासमेत रहन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो बेला एक सातामा कम्तीमा पनि एक पटक पानीले सफा गर्नुपर्छ र घाममा सुकाउनुपर्छ। यदी तपाईंले कार इन्डोरमा पार्क गर्नुभयो र कभरले ढाकी दिनुभयो भने राम्रो हुन्छ। 

इन्टेरियर सफा राख्नुहोस्ः जो मानिस कार दिनुहुँ प्रयोग गर्छन्, उनीहरुले गाडीको स्टोरेज स्पेसमा केही अतिरिक्त सामान स्टोर गर्छन्। यदी तपाईंले पनि कहिलै स्न्याक्स वा कुनै लिक्विड आइटम स्टोर गर्नुभएको छ भने त्यसलाई निकालेर क्वाविन सफा गर्नुहोस्।

किन कि लामो समयसम्म ती सामान गाडीमै रहँदा खराब हुन्छ। लामो समयसम्म गाडीको इन्टेरियर सफा वा सुरक्षित राख्नका लागि तपाईंले किटनासक स्प्रेको उपयोगसमेत गर्न सक्नुहुन्छ।  

ब्याट्री मेन्टिनेन्सः यदी कार धेरै दिनदेखि स्टार्ट भएन भने ब्याट्री डिस्चार्ज हुन्छ। यस्तो बेला ब्याट्रीलाई चार्ज गर्नका लागि हरेक दुई–तीन दिनमा कार स्टार्ट गरेर १५–२० मिनेटसम्म छोडिदिनुहोस् र इन्जिन तात्न दिनुहोस्। त्यो समयमा कारको वाइपर, एसी, लाइट आदिको जाँचसमेत गर्नुहोस्।

ह्यान्ड ब्रेक र पार्किङ ब्रेकः यदि तपाईंलाई लामो समयसम्म कार पार्किङ हुन्छ भनेर थाहा छ भने कारमा ह्यान्ड ब्रेक लगाएर नराख्नुहोस्। लामो समयसम्म ह्यान्ड ब्रेक लागिरहँदा कारको ब्रेक खराब हुन स्क्छ वा ब्रेक लकसमेत हुन सक्छ।

कारलाई प्लेन सरफेसमा एक नम्बर गियर लगाएर राख्न सकिन्छ। यदी कार कुनै स्लोपी ठाँउमा छ भने यसको टायर मुनी इटा वा कुनै चोक ब्लक लगाउन सकिन्छ। 

टायर प्रेसरः यदि तपाईं गाडीको प्रयोग गर्नुहोस् वा नगर्नुहोस्। केही समयपछि गाडीको टायरमा हावा कम हुन्छ। यस्तो अवस्थामा लामो समयसम्म कार एकै ठाँउमा रहँदा टायरमा एकातर्फ फ्लाट स्र्पोट हुने सम्भावना बढ्छ। जसको सिधा असर टायरको ग्रिप/कारको राइड क्वालिटी र माइलेजमा पर्छ।

यस्तो बेला तपाईं केही दिनको अन्तरालमा गाडीलाई धेरै अघिपछि गर्दै रहनुहोस्, जसले टायर घुम्न सकोस्। साथै यो पनि ध्यान राख्नुहोस् कि टायरमा सँधै हावाको प्रेसर सही रहोस्। हावा कम हुँदा पम्पबाट टायरमा हावासमेत भर्नुहोस्।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्