काठमाडौं-काठमाडौं उपत्यकाबाट लकडाउन उल्लंघन गर्ने झण्डै १३ सय जनालाई नियन्त्रणमा लिएर प्रहरीले होल्ड गराएको छ ।
आइतबार बिहान ८ बजेसम्म उपत्यकाका तीन जिल्लाबाट लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई नियन्त्रणमा लिएर होल्ड गराइएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ।
होल्ड गराइएकामध्ये १ हजार ४० पुरुष र २ सय ४८ जना महिला छन्। उनीहरुसँगै ६२ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने भन्दै एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत रोक लगाएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले दुई पटक गरेर दुई साताका लागि देशभर लकडाउन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।