इटलीको उत्तरी क्षेत्र लोम्बार्डीमा मिलान नजिकैको पापा जिओभानी अस्पतालको सघन उपचार कक्ष। तस्बिर : न्युयोर्क टाइम्सका लागि फाबियो बुसिआरेली
काठमाडौं- विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)का संक्रमित र मृतकको संख्या बढ्ने क्रम जारी छ। पछिल्लो विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख ४१ हजार ६९ रहेको छ भने मृतकको संख्या ६१ हजार १ सय ९९ रहेको छ।
अहिलेसम्म कोरोना संक्रमणको उपचारपछि निको भइ फर्किनेहरु २ लाख ३८ हजार ४ सय ८९ रहेका छन्। तीव्र गतिमा भइरहेको कोरोना भाइरस संक्रमणको प्रसारमा पछिल्लो २४ घण्टामा केही परिवर्तन पनि देखिएका छन्। यस्ता छन् ५ परिवर्तनः
५ देशमा चीनमा भन्दा बढी संक्रमित र मृतक
भाइरस (कोभिड–१९)का संक्रमित र मृतकका चीनको भन्दा बढी हुने देशको संख्या ५ पुगेको छ।
कोरोना भाइरस संक्रमणको सुरुवाती केन्द्रविन्दू रहेको चीन भन्दा बढी संक्रमित र मृतक भएका ५ देशमा अमेरिका, स्पेन, इटाली जर्मनी र फ्रान्स रहेका छन्।
पछिल्लो विवरण अनुसार अमेरिका र युरोपेली देश कोरोना संक्रमणको पछिल्लो केन्द्रबिन्दू बनेका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ५५ रहेको छ भने ७ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ।
त्यस्तै स्पेनमा १ लाख २४ हजार ७ सय ३६ लाई कोरोना संक्रमण भएको छ भने ११ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ। इटालीमा १ लाख १९ हजार ८ सय २७ लाई कोरोना संक्रमण भएको छ भने १४ हजार ८ सय ८१ जनाको मृत्यु भएको छ।
इटलीको मिलानमा कीटनाशक औषधि छर्कंदै। तस्बिर : न्युयोर्क टाइम्स
जर्मनीमा ९२ हजार ८१ कोरोना संक्रमण भएको छ भने १२ हजार ९९ जनाको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा ८२ हजार १ सय ८५ लाई कोरोना संक्रमण भएको छ ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ। उता कोरोना संक्रमणको सुरुवाती केन्द्रबिन्दू बनेको चीनमा भने पछिल्लो समय लामो समयदेखि कोरोना संक्रमण र मृत्यु स्थिर रहेको छ।
स्पेनमा अमेरिकापछिको धेरै संक्रमित र मृतक
पछिल्लो २४ घण्टामा अमेरिकापछि कोरोना संक्रमित धेरै हुने देशमा इटालीलाई पछि पार्दै स्पेन उक्लिएको छ। पछिल्ला धेरै हप्ता इटाली पहिले चीन र त्यसपछि अमेरिका पछिको सबैभन्दा धेरै संक्रमित र मृतकक रहेको देश बनेको थियो।
त्यस्तै स्पेनमा १ लाख २४ हजार ७ सय ३६ लाई कोरोना संक्रमण भएको छ भने ११ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ। तर, इटालीमा १ लाख १९ हजार ८ सय २७ लाई कोरोना संक्रमण भएको छ भने १४ हजार ८ सय ८१ जनाको मृत्यु भएको छ।
चीनमा कोरोनाका सक्रिय बिरामी कम
कोरोना संक्रमणको सुरुवाती केन्द्रबिन्दू बनेको चीनमा भने पछिल्लो समय लामो समयदेखि कोरोना संक्रमण र मृत्यु स्थिर रहेको छ। पछिल्लो विवरण अनुसार चीनमा कोरोनाका संक्रिया विरामी १ हजार ५ सय ५८ मात्रै छन्। त्यसमध्ये ३ सय ३१ जनाको अवस्था भने गम्भीर छ।
बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलामा यात्रु। तस्बिर : रोमन फिलिपी/इपिए
भारतमा संक्रमितको संख्या ३ हजार नाघ्यो
कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या भारतमा ३ हजार भन्दा बढी पुगेको छ। पछिल्लो विवरण अनुसार कोरोना संक्रमितको संख्या भारतमा ३ हजार ८२ पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ।
त्यस्तै पाकिस्तामा पनि कोरोना संक्रमण उच्च गतिमा भइरहेको छ। पाकिस्तानमा २ हजार ७ सय ८ जनालाई कोरोना संक्रमण भएको छ भने ४१ जनाको मृत्यु भएको छ।
र, नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण
नेपालमा भने पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए।
कोरोना संक्रमणबारे जानकारी दिँदै नेपालको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा। तस्बिर : स्वास्थ्य मन्त्रालय।
उनले नेपालमा थप तीन जनामा भाइरसको संक्रमण भेटिएको पनि जानकारी दिए। मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता देवकोटाले यस्तो बताएका हुन्।
मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।