काठमाडौं- विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)का संक्रमित र मृतकको संख्या चीनको भन्दा बढी हुने देशको संख्या ५ पुगेको छ।
कोरोना भाइरस संक्रमणको सुरुवाती केन्द्रबिन्दू रहेको चीनभन्दा बढी संक्रमित र मृतक भएका ५ देशमा अमेरिका, स्पेन, इटाली जर्मनी र फ्रान्स रहेका छन्।
पछिल्लो विवरणअनुसार अमेरिका र युरोपेली देश कोरोना संक्रमणको पछिल्लो केन्द्रबिन्दू बनेका छन्।
अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ५५ रहेको छ भने ७ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ।
त्यस्तै स्पेनमा १ लाख २४ हजार ७ सय ३६ लाई कोरोना संक्रमण भएको छ भने ११ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ।
इटालीमा १ लाख १९ हजार ८ सय २७ लाई कोरोना संक्रमण भएको छ भने १४ हजार ८ सय ८१ जनाको मृत्यु भएको छ।
जर्मनीमा ९२ हजार ८१ कोरोना संक्रमण भएको छ भने १२ हजार ९९ जनाको मृत्यु भएको छ।
त्यस्तै फ्रान्समा ८२ हजार १ सय ८५ लाई कोरोना संक्रमण भएको छ ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ।
उता कोरोना संक्रमणको सुरुवाती केन्द्रबिन्दू बनेको चीनमा भने पछिल्लो समय लामो समयदेखि कोरोना संक्रमण र मृत्यु स्थिर रहेको छ।
विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख ४१ हजार ६९ रहेको छ भने मृतकको संख्या ६१ हजार १ सय ९९ रहेको छ।
अहिलेसम्म कोरोना संक्रमणको उपचारपछि निको भई फर्किनेहरु २ लाख ३८ हजार ४ सय ८९ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।