कैलाली- क्वारेनटाइनमा बसेका कैलाली र कञ्चपुरबाट नेपाली सेनाको चित्किसकसहितको टोलीले थ्रोट स्वाब संकलन गरेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आशंका लागेका ९२ जनाको नेपाली सेनाले नमुना संकलन गरेको थियो।
जसमध्ये ३ जनाको रिर्पोट पोजेटिभ आएको छ। एकजना कञ्चपुर र २ जना कैलालीका रहेका छन्।
सेनाको काठमाडौँबाट आएको स्वास्थ्यकर्मीको टोलीले भारतलगायतका देशबाट आएर सुदूरपश्चिमको क्वारेन्टाइनमा बसेकाहरुको नमूना संकलन गरेको हो।
शुक्रबार कैलाली र कञ्चनपुर जिल्लाका क्वारेन्टाइनमा बसेका ९२ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि स्काई ट्रक मार्फत काठमाडौँ पठाइएको भवानी दल गण तेघरी गणपती विकास केसीले बताए।
कैलालीबाट संकलित ६९ र कञ्चनपुरबाट २३ जनाको थ्रोट स्वाबको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको गणपति केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।