काठमाडाैं- स्पेन पछिल्लाे समय काेराेना भाइरस संक्रमणकाे केन्द्र बनेकाे छ। स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेकाे संख्या पनि बढी रहेकाे छ।
पछिल्लाे २४ घण्टामा स्पेनमा कोरोना भाइरसको कारण ८०९ जनाकाे मृत्यु भएकाे छ। स्पेनमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११,७४४ पुगेकाे छ।
थप ७,०२७ जनामा संक्रमण देखिएकाे छ। याेसँगै संक्रमितकाे संख्या १ लाख २४ हजार ७३६ पुगेकाे छ। याे संख्या इटालीकाे भन्दा धेरै हाे। वर्ल्डाेमिटरका अनुसार इटालीमा काेराेना संक्रमितकाे संख्या १ लाख १७ हजार ८२७ रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।