काठमाडौं- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुकका रुपमा रहँदै आएको बहराइनमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन्।
नेपालीहरुको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीले बहराइनका समकक्षीसँग फोनवार्ता गरेका हुन्।
शुक्रबार एकै पटक बहराइनमा कार्यरत ९ नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओलीले शनिबार बहराइनका प्रधानमन्त्रीसँग टेलिफोनवार्ता गरेका हुन्।
प्रधानमन्त्री ओलीले ट्वीटरमाार्फत आफूले समकक्षीसँग टेलिफोनवार्ता गरी नेपालीहरुको अवस्थाबारे जानकारी लिएको बताएका छन्।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, 'नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिबार बहाराइनका प्रधानमंत्रीसँग फोन संवाद गरें। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरें।'
प्रधानमन्त्री ओलीले नेपालीहरुका अन्य गन्तव्य मुलुकका प्रमुखहरुसँग पनि छलफल तथा वार्ता जारी राख्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।