Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लकडाउनमा घरमै बनाउन सकिने स्वस्थकर, सरल र मैलिक खानाका रेसेपी

आरबी बुढाथोकी शनिबार, चैत २२, २०७६  १५:५५
1140x725

यो विषम परिस्थितीबाट बाँच्नका लागि सम्पूर्ण देशबासी घरमै बसिरहेका बेलामा हामीले केही स्वास्थ्य सरल र मौलिक खानाका रेसेपी समावेश गरेका छौं। घरमै बनाएका खाना स्वास्थ्यवर्द्धक मात्र हुँदैनन्, यसले पारिवारिक सामीप्यताको वातावरण पनि सिर्जना गर्छ। 

नुन, तेल, चिनीको प्रयोग कम भएका खाद्य सामग्री प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुरोध गरको छ। मादक पदार्थ र सुर्ती चुरोटको सेबन बिल्कुल नगर्न, पानी प्रशस्त पिउन, फाइबरयुक्त खाना बढी खान, एकै पटक खाना ज्यादा नखाने पटक पटक गरी थोरै थोरै गरेर खान, झोलिलो तथा सुप बढी पिउन, र सुरक्षित तवरले घरमै खाद्यान्न मगाउन डब्लुएचओको सुझाव छ। यी कुरा सेल्फ क्वारोनटाइमा रहेका बेला पालना गर्न आफू र परिवारका लागि आवश्यक पनि छन्। घरमा नै नयाँ परिकार तयार गर्न सजिलो होस् भनेर यहाँ केही परिकार बनाउने तरिका दिइएका छन्। 

नेपाली दूधरोटी 
चाहिने सामग्री :
मैदा आधा केजी, दुई लिटर दूध, घ्यु २ चिया चम्चा, मरिचको धुलो-एक चिया चम्चा, मिक्स ड्राइ फ्रुट ६० ग्राम,चिनी या सख्खर ९० ग्राम, ताइचिन चामल १५० ग्राम

विधि : मैदालाई मुछेर २० मिनेट छाडिदिनुस्। मन्द आचमा दूधलाई उमाल्नुस् र चामल हाल्दिनुस्। केही समयपछि मैदा बेलेर चक्कुले काटेर हाल्दिनुस् र हलुका तबरमा चलाऊनुस्। चिनी मरिचको धुलो हालेपछि घ्युमा भुटेर ड्राइ फ्रुट पनि हाल्दिनुस् र केही चिसो हुनासाथ परिवारसँग मिलेर रमाइलो गरेर मौलिक खाना घरमै बनाएर खाना सकिन्छ। दूधरोटी जस्तै दालरोटी तथा पानीरोटी पनि स्वादिष्ट तरिकाबाट घरमै तयार गर्न सकिन्छ। 

चना चटपटे
चाहिने सामग्री :
धानको मुडीभुज ३०० ग्राम, उसिनेर मसिनो गरी काटेको आलु २ पिस, भिजाएको चना ७० ग्राम, बिरे नुन स्वाद ‍अनुसार, हरियो खुर्सानी ४ पिस, कागतीको रस ३ चिया चम्चा, मसिनो गरेर काटेको प्याज र गोलभेडा एक एक पिस, चाट मसला आधा चम्चा, मसिनो गरी काटेको धनियाँ आधा मुठा, दालमोठ या भुजिया आधा कप, सुख्खा भुटेर पिसेको जिरा आधा चम्चा 

विधि : माथि उल्लेखित सम्पूर्ण सामग्री हालेर राम्ररी चलाउनुस्। प्लेटमा हालेर परिवारका साथ मज्जाले दिउँसोको समयमा खान सक्नु हुन्छ। चना चटपटे जस्तै पानी पुरी, भेल पुरी, आलु चाट, पापडी चाट, भुजिया चाट, चाउचाउ चाट, समोसा चाट, टमाटर चाट, चिउरा चाट इत्यादि सहज रूपमा घरमै बनाउन सकिन्छ।

सब्जी म:म
चाहिने सामग्री :
मसिनोगरी काटेको बन्दा ३०० ग्राम, उसिनेर धुलो बनाएको आलु २ पिस, पनीर ग्रेट गरेको १२० ग्राम, मसिनो गरी चप गरेको प्याज ४० ग्राम,अदुवा लसुन २५ ग्राम, हरियो प्याज २ पोटी, धनिया हरियो आधा मुठा, म:म मसला एक र आधा चिया चम्चा, बटर २ चिया चम्चा, मसिनो गरी काटेको हरियो खुर्सानी ३ पिस, गाजर ग्रेट गरेको एक पिस, नुन स्वाद अनुसार, खुर्सानीको धुलो आधा चम्चा, मैदा एक किलो, तिल र टिमुरको छोप हालेको गोलभेँडाको अचार २ कप 

Ncell 2
Ncell 2
nimb
nimb

 

विधि : मैदालाई आवश्यकताअनुसार पानी हालेर अलि साह्रो साह्रो 'डो' बनाउनुस् र छोपेर राख्नुस्। माथि उल्लेखित सम्पूर्ण सामाग्री हालेर सब्जीको मिक्चर बनाउनुस् र मुछेको पिठोको सानो सानो डल्लो बनाएर बेल्नुस्। अब बेलेको डोमा सब्जी मिक्चर हालेर आफूले इच्छाएको आकार दिएर बुट्टा बनाई सिल गर्नुस्। र म:मको भाडोमा हालेर ८ देखि १० मिनेट बफ्याउनुस् र टमाटरको अचारसँग आफ्नो परिवारको साथमा तातोतातो खानुस। सब्जी म:म जस्तै चिकन, बफ, मटन, फिस, पोर्क, खुवा, केराको पनि म:म बनाएर खान सकिन्छ। नन भेज म:म बनाउँदा भेजभन्दा केही ज्यादा समय बफ्याउनु पर्छ।   

गोलभेँडाको चट्नी बनाउन तातेको प्यानमा तेल हालेर अदुवा, लसुन, सुकेको खुर्सानी, प्याज हालेर फुट्ने र काटेको टमाटर, नुन हालेर मज्जाले पकाउने र अन्तमा काटेको धनियाँ र हरियो प्याज हाल्दिने। सेलाएपछि भुटेको तिल या चना या बदाम या भटमास र टिमुरको धुलो हालेर मसिनो हुने गरी ब्ल्यान्डर गर्ने या सिलाउटोमा पिस्ने।

Xtrem

Xtrem

क्वाँटीको रस 
चाहिने सामग्री :
मिक्स गेडागूडी भिजाएर उमारेको आधा केजी, तेल ३ चिया चम्चा, अदुवालसुन एक चिया चम्चा, प्याज काटेको एक पिस, गरम मसला मिक्स होल ५ ग्राम, नुन स्वादअनुसार, गोलभेडा काटेको २ पिस, धनियाँ काटेको आधा मुठा, गरम मसलाको धुलो आधा चिया चम्चा, हरियो खुर्सानी ३ पिस, जिरा धनियाँको धुलो आधा चिया चम्चा, भेज स्टक या तातोपानी डेढ लिटर 

विधि : प्रेसर कुकर राम्ररी तताएर तेल हाल्नुस्। गरम मसला, तेजपात, अदुवालसुन हालेर प्याज खन्याउनुस्। प्याज खैरो हुनासाथ उम्रेको गेडागुडी हाल्दिनुस्। साथमा गोल्भेडा, मसला खुर्सानी र नुन हाली चलाउनुस् र पानी या स्टक हालेर उमाल्नुस् र प्रेसर कुकर लक गरेर ३ या ४ सिठ्ठी लगाउनुस्। अन्तमा धनीयाँ हालेर भुजासँग या त्यतिकै सुपको रूपमा खाना सकिन्छ। एवम् रीतले राजमा, केराउ या कुनै पनि गेडागुडीको रस घरमै सहज रुपमा तयार गरेर खान सकिन्छ।

गुन्द्रुक भटमासको रस अर्थात् हिमालयन सुप
चाहिने सामग्री :
रायो, मुला, तोरी या काउलीको गुन्द्रुक ६० ग्राम, भटमास १५० ग्राम, अदुवा लसुनको पेस्ट एक चम्चा, प्याज एक पिस, हरियो खुर्सानी ४ पिस, तोरीको तेल ३ चिया चम्चा, गोलभेँडा २ पिस, हरियो धनियाँ आधा मुठा, नुन स्वादअनुसार, जिरा धनीयाँको धुलो एक चिया चम्चा 

विधि : हिमालयन सुप भनेर विदेशीसामु निकै चर्चित र चिनारी बोकेको नेपालको पहिचान बोकेको पकाउन छिटो र मिठो गुन्द्रुकको रस बनाउन निकै सरल छ। स्वादिस्ट पनि त्यतिकै छ यो सुप। पहिले कराइ तताउनुस् र तोरीको तेल हालेर अदुवालसुन, खुर्सानी, प्याज, गोलभेँडा मसला, नुन हालेर पकाउनुस्। केही लेदो जस्तो हुनासाथ भिजाएको गुन्द्रुक र भुटेको भटमास हालेर केहीबेर पकाउनुस्। आवश्यकताअनुसार पानी हालेर उमाल्नुस्। अन्तमा काटेको हरियो धनियाँ हालेर निकाल्नुस् र तत्तातो सुपको रूपमा खानुस् या भुजाका साथमा खान सक्नुहुन्छ। गुन्द्रुकजस्तै मस्यौरा, सिन्की या आलुतामा पनि सहज रूपमा घरमै तयार गर्न सकिन्छ।

बारा र च्याउको छोइला 
चाहिने सामग्री :
भिजाएर पिसेको मासको लेदो ३ कप, तोरिको तेल ३० एमएल, काने या डल्ले च्याउ ३०० ग्राम, अदुवा लसुनको पेस्ट एक र आधा चिया चम्चा, जिरा धनियाँको धुलो एक चिया चम्चा, मेथी आधा चिया चम्चा, सुकेको कुर्सानी पोलेर मिचेको ४ पिस, पोलेको गोल्भेडा २ पिस, प्याज आधा पिस, नुन स्वादअनुसार, धनियाँ आधा मुठा, हरियो लसुन एक पिस 

विधि : च्याउलाई काटेर बफ्याउनुस् र सुख्खा तावामा डाम्नुस् र माथि उल्लेखित सम्पूर्ण सामग्री हालेर मोल्नुस्। तोरीको तेलमा मेथी फुराएर बेसार हाली झान्नुस्। अन्तमा हरियो लसुन र धनीया हालेर चलाउनुस्। च्याउको छोइला तयार हुन्छ र मासको लेदोमा नुन, अदुवा लसुनको पेस्ट हाली सानो सानो बाबर जस्तो गरी तावामा तोरीको तेलमा पकाउनुस्। छोइलासँग खान सक्नु हुन्छ। ताइचिन चिउरा या भुजासँग पनि अति स्वादिष्ट हुन्छ। 

च्याउको छोइला जस्तै गरी चिकन, बफ, पोर्क, मटन, फिस, प्राउन, पनीर, तोफु, आलु, काउलीबाट पनि घरमा सहज रुपमा बनाउन सकिन्छ।

बुढाथोकी सोल्टी क्राउन प्लाजा होटेलका सुसेफ हुन्। 

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्