काठमाडौं–लकडाउनका बेला चलाइएका ३ सय १५ सवारीसाधन नियन्त्रण लिइएको छ। शनिबार बिहान ५ बजेदेखिि १० बजेसम्मको ५ घण्टा अवधिमा ३ सय १५ वटा सवारीसाधन उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीमध्ये अधिकांश दुईपाङ्ग्रे छन्। शनिबार बिहान नियन्त्रणमा लिइएका ३ सय १५ मध्ये ३ सय ६ वटा दुइपांग्रे र ९ वटा चारपांग्रे सवारी रहेको ट्राफिक प्रहरीले जनाएको छ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११ देखि देश लकडाउन गरेको हो। पहिलो पटकका लागि १८ गतेसम्म रहेको लकडाउनको समय थप गरेर २५ गतेसम्म पुर्याइएको छ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी साँझमात्र सवारी धनीलाइ जिम्मा लगाउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।