काठमाडाैं- चार वटा चार्टर्ड उडानमार्फत् सात सय ५० भन्दा बढी विदेशी नागरिक स्वदेश जाने भएका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार २ वटा कतार, १ चेक र १ मालिन्डो गरेर ४ वटा उडानका लागि अनुमति दिइएको छ।
जर्मन दूतावासले चार्टर्ड गरेको कतार एयरलाइन्सले जर्मन र फ्रान्सका नागरिक लैजाने छ। चेक गणतन्त्रले चेक एयरबाट ९५ जना यात्रु र मलेसिया र सिङ्गापुरका ७० भन्दा बढी नागरिक लैजानका लागि मलेसियाको मालिन्डो एयर आउने छ।
लकडाउनका कारण रोकिएका विदेशीलाई सम्बन्धित मुलुकको दूतावासमार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत् लगिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।