कैलाली–कोरोनाबारे अपवाह फैलाउने एक युवक कञ्चनपुरमा पक्राउ परेका छन्।
महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने गोपाल सुनारलाई शुक्रवार बेलुका प्रहरीले पक्राउ गरेको हो।
उनलाई कोरोनाबारे सामाजिक सञ्जालमा अपवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

पक्राउ परेका सुनारले शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।