कैलाली–धनगढी उपमहानगरपालिकाले महिलाहरुका लागि छुट्टै क्वारेन्टाईन कक्ष स्थापना गरेको छ। धनगढीमा रहेको बि पोलिटेक्नीक ईन्ष्टिच्यूटमा २२ वडा बेडको महिला क्वारेन्टाईन कक्ष स्थापना गरेको छ ।
धनगढी उप–महानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले महिला र पुरुषहरुको छुट्टाछुट्टै आवश्यकताका आधारमा धनगढी उपमहानगरपालिकाले महिला क्वारेन्टाईन कक्षको व्यवस्था गरेको छ।
संवेदनशीलतालाई हेरेर सबै स्थानीय तहले छुट्टै महिला क्वारेन्टाईन कक्ष स्थापना गर्नुपर्ने सुझावसमेत उपप्रमुख भट्टको छ।
महिलाका लागि बनाईएको क्वारेन्टाईन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार तयार गरिएको उपप्रमुख भट्टले बताईन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।