एजेन्सी–चीनको वुहानवाट सुरु कोरोना भाइरस विश्वका २०० देश र राज्यमा फैलिएको छ । डिसेम्वर ३१ बाट सुरु भएको यो भाइरसले अहिले खासगरी अमेरिका तथा युरोपेली मुलुकहरु स्पेन, इटाली, बेलायतमा तहसनहस पारिरहेको छ।
चार महिनामै विश्वभर फैलिएको यो भाइरसको चपेटामा ११ लाख मानिस परेका छन्। जोन हप्किन्स विश्वविद्यलयको तथ्यांकअनुसार १० लाख ९८ हजार मानिसमा संक्रमण पुष्टि भइसकेको छ। यो तथ्यांक लगातार बढिरहेको छ।
चीनमा संक्रमण फैलँदै गर्दा विश्व स्वास्थ्य संगठनले निमोनियासँग मिल्ने लक्षण भएको तर असामान्य रोग देखा परेको भन्दै चेतावनी दिएको थियो। एक जनाबाट सुरु भएको उक्त संक्रमण जनवरी १ मा ४० जनामा फैलिइसकेको थियो। अहिले विश्वका ११ लाख मानिसमा चार महिनाभित्रै यसले फैलावट बनाएको छ। यो महामारीका कारण हालसम्म ५९ हजार १ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् । २ लाख २५ हजार ९ सय मानिस उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।