काठमाडौं- कोरोना संक्रमणबाट सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको देश इटालीमा मृतकको संख्या १४ हजार ६ सय ८१ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शनिबार बिहानको तथ्यांक अनुसार इटालीमा कुल १ लाख १९ हजार ८ सय २७ लाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, १९ हजार ७ सय ५८ जना भने उपचारपछि निको भएका छन्।
विश्वभर ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ३१ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शनिबार बिहानको तथ्यांक अनुसार विश्वभर कुल १० लाख ९७ हजार ९ सय ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, २ लाख २५ हजार ७ सय ९६ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।