• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

तीन पात्र, जसले जिते कोरोना भाइरस

64x64
नेपाल लाइभ शुक्रबार, चैत २१, २०७६  १९:३१
1140x725

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमण लगभग विश्वभर पुगेको छ। मृत्यु हुनेहरूको संख्या दिनहुँ थपिँदै गइरहेको छ। त्यस्तै संक्रमित हुनेको संख्या हजारौंको छ। यसको संक्रमण फैलने डरले विश्वभर लकडाउन छ। सामाजिक दुरी कायम गर्ने अभियान चलेको छ। 

योबीचमा धेरै दुखद् समाचार आए तर केही खुशीमा समाचारु पनि आक्कलझुक्कल पढ्न पाइन्छ। कोरोना भाइरसको संक्रमण भएका बिरामीहरु निको भएर फर्केका पनि छन्। 

जोन होप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १० लाख १८ हजार ९ सयभन्दा बढी छ। तीमध्ये २ लाख १२ हजार ३ सयभन्दा बढी मानिस भाइरसको संक्रमण भए पनि निको भएर फर्केका छन्। दुखको कुरा हालसम्म ५३ हजार २ सय ११ जना मानिसले यही भाइरसका कारण ज्यान गुमाएका छन्। 

यसरी कोरोना भाइरस संक्रमित भएका हरेक बिरामीमा फरक अनुभव हुन्छ। लक्षण पनि सबै बिरामीमा एकै प्रकृतिको देखिएको छैन। केहीमा यो एकदमै सामान्य लक्षणमात्र देखापरेको छ भने केहीमा गम्भीर समस्या पनि देखिएको छ। 

केही मानिसमा देखिएका लक्षण सम्बन्धित निकायले संभावित भनी तोकेका लक्षणसँग मेल खाँदैन। यसको उपचार भने एकै प्रकृतिको छ, अस्पताल जाने र परीक्षण गराउने। 

तीन संक्रमितसँग बिबिसीले कुराकानी गरेको छ। उनीहरू तीनै जना अस्पताल बसेका छन्। यी तीन मानिसका लक्षण एक अर्कोसँग मेल खाँदैनन्। तर रोग भने कोरोना भाइरस नै हो। 

'सन्तानका लागि संर्घष गरिरहेकी थिएँ'
दक्षिण पूर्वी बेलायतको केन्ट कस्बेको हर्न बेमा बस्दै आएकी कैरन मनरिंग ६ महिनाकी गर्भवती हुन्। पेटमा हुर्कँदै गरेको उनको चौथो सन्तान हो। कैरेनलाई शुरुमा खोकी लाग्यो। खोकीसँगै उनलाई तीव्र ज्वरो शुरु भयो। मार्चको दोस्रो हप्तातिर उनलाई यस्तो लक्षण देखिएको थियो। खोकीसँगै आएको ज्वरोले उनका सबै कुरा परिर्वतन गरिदियो। 

‘यस्तो लक्षण देखिएपछि मैले हेल्पलाइनमा फोन गरेँ, मलाई श्वास फेर्न समस्या भइरहेको थियो,’ कैरेनले भनिन्, ‘केही मिनेटमा मेरो आँगनमा एम्बुलेन्स आयो। म सास लिन संघर्ष गरिरहेकाले अक्सिजन दिन शुरु गरियो।’ 

nimb
nimb

जब उनी अस्पताल पुगेर परीक्षण गरिन् उनमा कोरोना पोजेटिभ पाइयो। उनले आफूलाई निमोनिया भएको शंका गरेकी थिइन् तर कोरोना भएको पुष्टि भयो। अस्पतालमा उनलाई अलग्गै राखियो। पहिलो हप्तासम्म उनी एक्लै उक्त कोठामा रहिन्। 

‘कसैलाई पनि यो कोठामा आउन र मसँग बस्न, बोल्न अनुमति थिएन,’ उनले भनिन्, ‘मलाई यहाँ एकदम एक्लो महसुस हुन्थ्यो।’ अस्पताल भर्ना भएपछि उनी दुई तीन दिन बेडमै सुतिरहिन्। उनी यो अवधिमा शौचालय समेत गइनन्। 

‘जब अस्पतालमा मेरो बेडसिट परिर्वतन गर्नु पर्दथ्यो, त म दोस्रोमा सर्थेँ। तर ओछ्यानबाट कहिल्यै उठिनँ,’ उनले अस्पताल बसाई सम्झना गरिन्, ‘मलाई सास फेर्न कयौं पटक समस्या हुने गर्दथ्यो। यस्तो समयमा म नर्सको सहयोग लिने गर्दथेँ।’ 

उनलाई यस्तो अवस्थामा यसरी सहयोग गर्न आउने सबै सुरक्षाका कपडाहरू लगाएर मात्र आउथे। ‘मेरो परिवारलाई यसबीचमा मैले भेट्न पाइनँ। उनीहरु लगातार फोन गर्दथे,’ उनी भन्छिन्, ‘मलाई एक्लोपन महसुस नहोस् र शान्त होस् भनेर उनीहरुले फोनमा कुरा गर्ने गर्दथे।’ 

अस्पतालको बसाईका क्रममा आफू धेरै डराएको उनले बताइन्। 'म मर्दै थिएँ। तर मेरो परिवार मेरो लागि हरचिज गर्न तयार थियो,’ उनले भनिन्। अन्ततः उनी कोरोनालाई जितेर फर्किइन्। ‘अस्पताल बस्दा मैले मेरो बच्चाका लागि संर्घष गरिरहेकी थिएँ,’ उनले भनिन्, ‘यो धर्तिमा आउन लागेको सन्तानका लागि मैले हिम्मत हारिनँ।’ यो अस्पताल बसाईका अनुभव कहिल्यै भुल्न नसक्ने उने बताइन्। 

अस्पतालबाट डिर्स्चाज हुने दिन पनि अविस्मरणीय बनेको छ उनका लागि। ‘म अस्पतालबाट बाहिर निस्कँदा अनुहारमा ताजा हावा महसुस गरिरहेकी थिएँ, मेरो चारैतिर चिसो हावा चलिरहेको थियो,’ उनले भनिन्, ‘म र मेरो पति गाडीमा घर फर्कँदै थियौं, हामीले मुखमा मास्क लगाएका थियौं, गाडीको सिसाबाट ताजा हावा भित्र पसिरहेको थियो।’ 

कैरेनले अस्पतालमा एक्लै बाताएका साताहरुले जिन्दगीमा सधैंका लागि परिर्वतन गरिदिएको छ। हरेक साना साना वस्तुहरुको आफ्नै महत्व हुन्छ भन्ने उनलाई बोध भएको छ। अस्पतालबाट डिस्चार्ज भएर घरमा आएकी उनी सेल्फ आइसोलेसनमा छन्। उनले परिवारका सदस्यहरूको आवाज सुनेकी छन् तर उनीहरूसँगै उठबस गरेकी छैनन्। परिवारका सदस्य उनी बस्नेभन्दा बाहिरकै स्थानबाट हौसला दिइरहेका छन्। यो संक्रमणले अझै बलियो बनाएको भन्ने अनुभव उनलाई भएको छ। सैलुनमा काम गर्ने उनी त्यहीँबाट कोरोना सरेको भन्ने उनलाई लागेको छ। तर उनी यो कुरामा निश्चित भने छैनन्।  

कोही मलाई सहयोग गरोस् भन्ने चाहन्थेँ : जेसी क्लार्क
यदि कोरोना भाइरसको संक्रमण भए जेसीलाई अन्य व्यक्तिभन्दा बढी खतरा हुने भन्ने कुरा उनलाई थाहा थियो। उनी किड्नीको बिरामी भएकाले उनको मनमा डर पैदा भएको थियो। पाँच वर्षअघि खराब भएर झिकिएकी उनलाई किड्नीको समस्या  भइरहन्थ्यो। 

२६ वर्षकी जेसीलाई सबैभन्दा पहिला खोकी लाग्यो र विस्तारै सास फेर्न समस्या भयो। यी दुवै लक्षण देखापरेसँगै उनलाई चिन्ताले सतायो। केही दिनपछि उनको हिँडडुल पनि बन्द भयो। उनलाई हिँड्न पनि समस्या हुन थाल्यो। 

‘मेरो शरीरका हड्डी र अरु भाग बेस्सरी दुख्न थाले। पेटको छेउमा पनि निकै पिडा भइरहेको थियो,’ उनले भनिन्, ‘दुखाई यस्तो हुन्थ्यो कि कसैले मलाई बेस्सरी कुटिरहेको छ।’ बेलायतमा कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि कारण लकडाउन घोषणा भइसकेको थियो। उनको समस्या दिनप्रतिदिन बढ्दै गयो। उनको ब्वाइफ्रेन्डले उनलाई अस्पताल लग्यो। यसरी अस्पताल पुगे लगत्तै उनलाई अलग्गै राखियो। यो सुरक्षा अन्य बिरामीमा संक्रमण नफैलियोस् भनेर गरिएको थियो। 

‘मलाई एक्लै धेरै डर लागिरहेको थियो। तर म यस्तो स्थितिमा थिएँ, जहाँबाट उम्कन्छु भन्ने आश नै थिएन,’ उनले सम्झना गरिन्, ‘मलाई कसैले सहयोग गरोस् भन्ने मेरो चाहाना मात्र बाँकी थियो त्यतिबेला।’ अस्पतालमा उनलाई हरियो रंगको मास्क दिइएको थियो। 'त्यस लगत्तै मलाई यस्तो सेक्सनमा लगियो जहाँ कोरोना भाइरसका संक्रमित बिरामी राख्नका लागि तयार गरिइएको थियो। त्यहाँ पहिले नै एक व्यक्ति आइसकेका थिए। यहाँ हरेक एक बेडसगै बार लगाएर छेकिएको थियो। उनको कोरोना परीक्षण गरियो। उनले डाक्टरलाई यसबारे धेरै जिज्ञासा राखिन् र डर भगाइन्। यसभन्दा पहिला जेसीमा सास समस्या थिएन। 

‘यदि तपाईं भित्रैदेखि राम्रोसँग सास लिन सकिरहनु भएको छैन भने भित्रैबाट डराउनुहुन्छ,’ उनले भनिन्, ‘म पनि त्यही समस्यासँग जुधिरहेकी थिएँ। ’उनी अस्पताल आएको छ घन्टा बितेको थियो। उनको ब्वाइफ्रेन्ड कारमै बसेर पर्खिरहेको थियो। भित्र के भइरहेको छ उसलाई कुनै जानकारी थिएन। जेसीका सहकर्मीबाट नै यो भाइरस सरेको भन्ने धेरैले विश्वास गरेका छन्। 

पाँच दिनपछि अस्पतालले उनलाई डिस्चार्ज गर्‍यो। तर पनि उनी राम्रोसँग हिड्न सक्ने अवस्थामा थिइनन्। घर फर्केपछि उनी १८ घन्टासम्म सुतिरहन्थिन्। कैयौं पटक उनलाई खोकी लाग्यो। तर सास लिन भने समस्या भएन। ‘केही युवालाई लाग्दछ होला उनीहरुलाई कोरोना भाइरस लाग्दैन,’ उनी भन्छिन्, ‘यो कुरा बिर्सेर अब गम्भीर रूपमा यसलाई लिन म आग्रह गर्दछु।’ 

उनलाई अस्पताल बसाईका क्रममा धेरै कुरा बताइयो। कोरोना  भाइरससँग धेरै युवा डराउन जरुरी छैन तर डर भने कायम नै राख्न जरुरी भएको उनको सिकाइ छ।  

'अँध्यारो मात्र थियो'
स्टिवर्ट ६४ वर्षका भए। एक मिटिङमा सहभागी हुँदा उनलाई संक्रमण भएको आंशका छ। ‘हामी सामाजिक दुरीको पूरा पालना गरिरहेका थियौं। तर उक्त बिहीबार जब म मिटिङमा सहभागी हुन पुगेँ, त्यहाँ धेरै भिड थियो,’ उनले उक्त दिन सम्झिए, ‘त्यहाँका सहभागीमा फ्लुको लक्षण पनि देखिएको थियो।’ केही हप्ता अघि भएको यो मिटिङको दस दिन पछि स्टिवर्ट बिरामी भए। 

उनमा शुरुमा सामान्य प्रकृतिका लक्षण मात्र देखिएका थिए। तर १० दिनमा उनको अवस्था खराब भयो। शुरुमा उनमा सामान्य मात्र समस्या होला भन्ने लागेको थियो। तर विस्तारै उनी घरको भर्‍याङ चढ्न समेत अप्ठारो महसुस गर्न थाले। विस्तारै उनमा सास लिन समस्या भयो। उनी विस्तारै एकदम बूढो उमेरको मानिसझैं सास फेर्न समस्या हुन थाल्यो।  

भाइरसले उनको फोक्सोमा आक्रमण गरिसकेको थियो। उनको परिवारले अस्पतालमा फोन गरे। उनी अस्पताल भर्ना भए। ‘अस्पताल पुगेपछि मेरो धेरै परीक्षण गरियो, स्वाब टेष्ट पनि गरियो,’ उनले भने, ‘डाक्टरलाई उनी कोरोनाको संक्रमित भएको आशंका भयो। अक्सिजन दिइयो।’ 

डाक्टरहरूले उनलाई एकान्त स्थानमा लगे। त्यहाँ अध्यारोबाहेक केही पनि थिएन। ‘मेरो जिवन समाप्त भयो भन्ने मलाई लागेको थियो। तर म अझै बाँच्न चाहान्थेँ,’ उनले सम्झे, ‘म आफूभित्र चलिरहेको यो द्वन्द्वलाई महसुस गरिरहेको थिएँ। ’केही दिनपछि अस्पतालले उनलाई छुट्टि दियो। उनी अहिले घरमै सेल्फ आइसोलेसनमा छन्। अस्पतालबाट फर्केलगत्तै उनको बानी परिर्वतन भएको छ। अहिले उनी पहिलाको तुलनामा धेरै पानी पिउन लागेका छन्। फोक्सो र गला पहिलाकै जस्तो होस् भन्ने उनको चाहना छ। बिबिसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा शुक्रबार, भदौ १२, २०८३
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड शुक्रबार, भदौ १२, २०८३
महाविपत्तिमा सक्षम सरकारको खोजी शुक्रबार, भदौ १२, २०८३
रसुवाबाट तिब्बत गएकाहरुलाई हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्