काठमाडौं- पोखरामा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्।
पोखरामा सातौं संक्रमित देखिएको समाचार बाहिरिएपछि मन्त्रालयले यस्तो स्पष्ट पारेको हो। 'पोखरामा आजसम्म कुनै पनि संक्रमित फेला परेका छैनन्,' डा देवकोटाले भने। उनका अनुसार शुक्रबार सवा ४ बजेसम्म १२ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ।
यसअघिगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि कुनै पनि नयाँ संक्रमित नभेटिएको स्पष्ट पारेको थियो।
शुक्रबार हल्लामा 'हल्लाको पछाडि नलागौं' भन्ने फेसबुकमा पोस्ट गरेको निर्देशनालयले त्यसको केही समयपछि नै गण्डकीमा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्पष्ट पारेको थियो।
शुक्रबार ३ बजेर २२ मिनेटमा पोस्ट गर्दै निर्देशनालयले भनेको थियो, 'जानकारी: गण्डकी प्रदेशमा आज कुनैपनि नया संक्रमित नभेटिएको ब्यहोरा अनुरोध छ!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।