कैलाली- कैलालीकाे घोडाघोडी नगरपालिका- ९ का २४ वर्षिय भुवन रावतलाई बलात्कारकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ। २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
बिहीबार राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएकाे इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।