काठमाडौ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई जिम्मेवारीबाट मुक्त गरी अनुसन्धान र कारबाही थाल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। सभापति देउवाले शुक्रबार वक्तव्य जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहिरो अनुसन्धान गर्नुपर्ने र कारवाहीको प्रक्रिया अघि बढाउन जरुरी भएको बताएका हुन्।
कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो दल सरकारका साथमा रहेको र हरसम्भव सघाइरहेको बताउँदै सभापति देउवाले धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालनाका साथ युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभामा विपक्षी दलका नेता देउवाले ‘काठमाडौं प्रेस डटकम’ मा प्रकाशित भनिएको खरीद प्रकरणको समाचार ‘साइबर’ अतिक्रमणमा परेको भनी आपत्ति जनाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।