काठमाडौं- विश्वव्यापी रूपमा महामारी बनेको कोराेना भाइरस (कोभिड १९)विरुद्ध लड्न विश्व बैंकले भारतलाई १ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेकाे छ। शुक्रबार विज्ञप्ति जारी गर्दै विश्व बैंकले उक्त जानकारी गराएको हो।
विश्व बैंकले स्वास्थ्य क्षेत्रमा गरेको यो सहयोग हालसम्मकै ठूलो हो। भारतलाई उपलब्ध गराइएको सो सहयोग विश्व बैंकको बोर्ड अफ एक्जुकेटिभ डाइरेक्टर्सले फास्टट्रयाकबाट स्वीकृत गरेको हो। उक्त रकम भारतको कोभिड १९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपियडनेस प्रोजेक्टमा जाने छ। जनस्वास्थ्य, कोरोना भाइरस रोकथामलगायतमा २ अर्ब डलर खर्च हुनेछ।
विश्व बैकको यो नयाँ सहयोग भातका सबै राज्य र केन्द्र शासित क्षेत्रमा खर्च गरिनेछ। भारतका कोरोना भाइरस संक्रमित, संक्रमणको जोखिममा रहेका, मेडिकल र इमर्जेन्सी काममा खटिनेहरू र सेवा पुर्याउनेहरू, कोरोना जाँचलगायतलाई प्रथमिकतामा राखिएको छ। 'कोरोना भाइरसको संक्रमण रोक्न यो परियोजना भारत सरकारले तत्काल सुचारू गर्ने छ,' विश्व बैंकद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, 'यो सहयोगले भारतलाई कोरोना भाइरस विरुद्ध लड्न सहयोग पुर्याउने छ।'
मानिसबाट मानिसमा सर्ने यो रोग नियन्त्रण गर्न भारत सरकारलाई उक्त रकमले थप सशक्त बनाउने विश्वास विश्व बैकको छ। यो परियोजना अन्तर्गत कोरोना जाँच किट, नयाँ आइसोलेसन बेड निर्माण, अस्पतालका बेडलाई इन्टेन्सिभ केयर युनिट बेडमा परिणर गरिने छ। त्यसैगरी पिपिई, भेन्टिलेटर, औषधि विशेष गरी जिल्ला अस्पतालमा र कोरोना उपचारका लागि तोकिएको अस्पतालमा काम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।